एनआरएनए माल्टाको उपाध्यक्षमा नवीन गिरीको उम्मेद्वारी

0
572

माल्टा ।

गैर आवासीय नेपाली संघ (NRNA)माल्टाको निर्वाचनमा नवीन गिरी उपाध्यक्ष पदमा उम्मेद्वार बनेका छन् । नयाँ नेतृत्व चयनका लागि जुलाई २९ तारीख अर्थात साउन १४ गते हुन लागेको निर्वाचनमा साझा समुहको तर्फबाट गिरी उपाध्यक्ष पदका उम्मेद्वार बनेका हुन् ।

गिरी बलियो उम्मेद्वारकारुपमा देखिएका छन् ।उपाध्यक्ष भएर नै एक कार्यकाल विताएका गिरी दोश्रो पटक पनि सोही पदमा उठेका हुन् ।साझा समुह तर्फबाट उपाध्यक्ष पदमा उम्मेद्वार गिरीले यस अघिको कार्यकालमा गरेका काम,उनको क्षमता र अनुशासित व्यवहारकै कारण चुनाव जित्ने निश्चित रहेको अधिकांसको विश्वास छ ।उनको प्रतिद्वन्दीका रुपमा समावेशी समुहका नरेश खनाल छन् ।

७६० जना मतदाता रहेको यस संघमा आफुले ६ सय भन्दा बढी मत पाउने विश्वास रहेको गिरीको भनाई छ । गिरी झापा हल्दिबारी गाउँपालिका ३ निवासी हुन् । गैर आवासीय नेपाली संघ माल्टाको नयाँ नेतृत्व चयनका लागि भुवन अर्यालको नेतृत्वमा साझा समुह र रेमलाल खनालको नेतृत्वमा समावेशी समुह चुनावी मैदानमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here