बिर्ताबजारका एक युवक प्रतिबन्धित लागूऔषधसहित पक्राउ

0
935

झापा ।

बिर्तामोड ३ बिर्ताबजारका एक युवक प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन् ।

हिजो दिउँसो ४:३० बजे भद्रपुर वडा नं.३ स्थित देउनिया पुलमा सीमा प्रहरी चौकी पृथ्वीनगर र बिओपी पृथ्बीनगरबाट खटिएको संयुक्त चेकिङ टोलीले मे९प२०८० नम्बरको मोटरसाइकललार्ई चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार बिर्तामोड ३ बिर्ताबजार बस्ने २२ वर्षिय चन्दन रजकको साथबाट १२ ग्राम ४५० मिलिग्राम ब्राउनसुगर बरामद गरेको थियो ।

उनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रवक्ता राकेश थापाले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here