आज गुरु पूर्णिमा

९ श्रावण २०७८, शनिबार मा प्रकाशित

अमित संग्रौला ।

हरेक वर्ष आषाढ शुक्ल पूर्णिमा दिन गुरु पूर्णिमा मनाइन्छ । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिन्छ ।

अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । मातापिता जस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ । गुरु तिनै हुन् दुःख पीडा हटाएर आनन्द शान्ति र खुशीको अनुभूति गराउँछ । जो जीवनमा सद्गुरु पाएका तिनीहरु भाग्यमानी छन् । सद्गुरुको सानिध्यमा ज्ञान उन्नत हुन्छ, दुःख क्षीण बन्छ, अनायास नै आनन्दको फस्फुटन हुन्छ ।

अभाव घटेर समृद्धिको उदय हुन्छ । सबै प्रतिभा फस्फुरित हुन्छ । जुन मात्रमा तिमी गुरुको सानिध्य महशुस गर्छौ । त्यति मात्र त्यो गुण तिम्रो जीवनमा अभिव्यक्त हुन्छ । जसले मनबाट नै श्रद्धा गर्छ त्यो नै असल शिष्य हुन्छ । अर्जुनले मर्ने बेलामा आफू मुक्त हुनलाई भगवान कृष्णलाई परम् गुरु मानेका थिए । गुरुलाई नराम्रो नसोच, आफूभित्रको अहंकार नराम्रो भावना, मनभित्रको दुःख पीडा सबै समर्पित गरिदेउ र तिमी मुक्त बन । तिमी खाली महशुस गर । मुक्त हुनलाई गुरुको ज्ञान जरुरी पर्दछ ।

हे भगवान ! मलाई सदैव सत्यतालाई आत्मसाथ गर्न देऊ, मलाई अज्ञानताको अँध्यारोमा नराख, सदैव ज्ञान र चेतनाको उज्यालो देऊ, त्यसतर्फको मार्ग देखाऊ र मलाई यस्तो ज्ञान देऊ कि म यो भौतिक संसार र मृत्युको भयभन्दा पर ज्ञानको उज्यालोमा अमर रहन सकूँ । यो संसारमा शान्ति होस्, आदि दैविक शान्ति होस्, आदिभौतिक शान्ति होस् र अध्यात्मिक शान्ति होस् ।

उपनिषद्बाट साभार गरिएको उपरोक्त मन्त्रको अर्थले नै ज्ञानरुपी उज्यालो र त्यसको महत्वलाई चित्रण गर्दछ, गुरुले दिने ज्ञान र त्यसको मानव जीवनसंग गाँसिएको सम्बन्ध एकदमै गहिरो रहिआएको छ । चाहे हामी जुनसुकै धर्म या सम्प्रदायको भए पनि ज्ञान र सिप ग्रहण गर्नका लागि गुरु र गुरुतत्वको ठूलो महत्व छ र संसारमा शायद ज्ञान मात्र यस्तो कुरा हो जसलाई जति बाँड्यो उति बढ्दै जान्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here