
भुवन तामाङ ।
विश्वमा अझै पनि दम्पत्तीहरुमा छोराकै चाहना राख्ने धेरै छन् । छोरी पनि छोरा जत्तिकै हुन्् भन्ने मान्यता विकास भइरहे पनि मानिसहरुका मानसपटलबाट छोराको चाहना हटिसकेको छैन । खोज अनुसन्धानहरुले पनि छोरा नै जन्मन्छन् भन्ने उपाय पत्ता लगाउने गरेको पाइन्छ । छोरा प्राथमिकतामा रहेको पाइन्छ । जानेरै पनि शिक्षित मानिसहरु नै छोराको खोजमा लागेका देखिन्छन् ।
मानिसहरुले छोराको चाहना राखुन् या छोरीको तर छोरा जन्मनु र छोरी जन्मनुमा मानिसहरुको भरपर्दो हात हुँदैन । त्यो त बच्चा जन्मेपछि मात्र थाहा हुने कुरा हो । बच्चा जन्मेपछि मात्र छोरा या छोरी भन्ने कुरा थाह हुुनु धेरै राम्र्रो कुरा हो । यसले गर्भावस्थामै जेन्डर थाह भएर भ्रुण हत्या गर्ने अपराध हुन दिँदैन । तैपनि गर्भमा छोरा या छोरी हुर्किदैछन् भनेर अनुमान लाउने परम्परागत ज्ञान विश्वमा मौजुद रहेका छन् ।
जसले गर्दा जेन्डर पहिचान भएपछि भु्रण हत्या या गर्भपतन गर्ने चलन बढ्दो छ । विज्ञानले त पेटमा कुन जेन्डर छ भनेर ठ्याक्कै देखाइदिने गर्नाले मानिसहरुलाई गर्भपतन गर्न सजिलो पारिदिएको छ । जसले गर्दा छोरी भु्रण देखिएपछि कतिपय दम्पतीले गर्भपतन गर्ने गरेका पाइन्छन् । प्रायशः देशहरुमा वैधानिक रुपमै गर्भपतन गर्ने सुविधा प्राप्त छन् ।
‘अई तिमी त के सारो मोटोको हौ, छोरा पाउँछ्यौ कि क्या हो ।’ कोही गर्भवतीलाई साथीसंगीहरु यस्तै प्रश्न गर्ने गर्दछन् नेपालीमा समाजमा । ‘अँ होला मोटाउँदैमा छोरा पाउने भए त ।’ साथीसंगतीहरुको प्रश्नमा लजाउँदै यस्तै उत्तर दिने गर्दछन् गर्भवतीहरुले । यसले के देखाउँछ भने नेपाली समाज लगायतका समाजमा गर्भवती मोटाउनुलाई छोरो पाउने सम्भावनाका रुपमा हेरिँदो रहेछ । अनि महिलाहरुको मनमा छोराकै चाहना बास गरेको हुँदो रहेछ ।
गर्भवती महिलाको पेटमा छोरा छन् कि छोरी भन्ने थाह पाउने कैयन उपाय प्रचलित छन् । ती उपाय मध्ये पेटमा कुन जेन्डर हुर्किरहेको छ त भनेर जान्ने एक उपाय, गर्भवती महिलाको वजन पनि रहेको छ भन्ने उक्त संवादबाट पनि जान्न सकिन्छ । अनुसन्धानले पनि वजनलाई आधार मानेको पाइन्छ ।

गर्भावस्थाको दौरान कैयन लक्षणहरुका बारेमा कैयन कुरा सुनिन्छन् । यसमा धेरैजसो कुराहरु मिथ्या हुने गरे पनि गर्भ रहेको अवस्थामा गर्भवतीको वजन बढ्नुको सम्बन्ध बच्चाको जेन्डरसँग सम्बन्धित हुनसक्छ भन्ने अनुसन्धानले बताएको छ । अध्ययन यही कुरामा केन्द्रित छ । अध्ययनमा गर्भावस्थाको अवधिमा वजन बढ्नु र बच्चाको जेन्डरकोबीचको सम्बन्ध जाँच गरिएको छ ।
अनुसन्धानले पत्ता लगाएको कुरा : यस्तै गरि एक अनुसन्धानले गर्भमा कुन जेन्डर हुर्किरहेको छ ? भन्ने जान्न सजिलो उपाय पत्ता लगाएको छ । जसले छोरा नै हो भन्ने किटान गर्न सहयोग गर्ने बताइएको छ । त्यो हो गर्भवतीको वजन ।
अध्ययनको नतिजा : ‘पब्लिक लाइब्रेरी अप्m साइन्स’ अमेरिकाद्वारा प्रकाशित एक वैज्ञाानिक जर्नलमा छापिएको एक अध्ययनमा २५ वर्षसम्म ७० मिलियन बच्चाहरुको विश्लेषण गरिएको छ । यस अध्ययनको भनाइ गर्भावस्थामा वजन बढ्नुको सम्बन्ध छोरा जन्मनेसँग रहेको छ ।
वजन कति बढ्दा छोरा जन्मन्छ : अध्ययन अनुसार गर्भावस्थामा १० किलोको आसपास वजन बढेका महिलाहरुमध्ये ४९ प्रतिशतले छोरा जन्माएका थिए । २० किलो आसापास वजन बढेका गर्भवतीहरु मध्ये ५२.५ प्रतिशत गर्भवतीहरुले छोरा जन्माएका थिए । त्यसैगरी ३० किलो वजन बढेकाहरुमध्ये ५४ प्रतिशत महिलाहरुले छोरा जन्माएका थिए । अमेरिकन कांग्रेस अप्m अब्स्टेट्रिसीयन एण्ड गायनोकोलोजीका अुनसार गर्भमा स्वस्थ बच्चा छ भने आमाको वजन ११ देखि १६ किलोसम्म बढ्दछ । तर, गर्भमा छोरा पनि हुन सक्छ या छोरी पनि ।
छोरा जन्मन सक्ने वजन : गर्भावस्थामा गर्भवतीको वजन १० देखि १४ किलोसम्म बढ्नु पर्दछ । मान्यता यो रहेको छ कि गर्भमा स्वस्थ बच्चा हुर्किरहेको छ भने यति वजन बढ्दछ नै । यति वजनले आमा तथा बच्चालाई कुनै किसिमको खतरा हुने सम्भावना कम हुन्छ । गर्भवतीलाई दुईहजार दुई सयदेखि दुई हजार नौ सय क्यालोरी प्रतिदिन चाहिन्छ ।
हरेक महिना बढ्ने वजन : साधारणतया गर्भावस्थाको पहिलो तीन महिनामा एकदेखि दुई किलो वजन बढ्नु पर्दछ । यसको दुई हप्तापछि एक किलो अरु बढ्न सक्छ । कसै कसैको एक हप्तामा आधाकिलो मात्र वजन बढ्दछ । यदि गर्भमा जुम्ल्याहा बच्चा छन् भने १५ देखि १८ किलोसम्म वजन बढ्न सक्छ । यसको मतलब यो हो कि, तीन महिनामा नर्मल वजन बढेपछि हरेक हप्ता एककिलो वजन बढ्न सक्छ ।
गर्भावस्थामा गर्भिणीको वजन किन पनि बढ्दछ भने गर्भमा रहेको बच्चालाई पोषण सप्लाईका लागि वजन बढ्दछ । अनि बच्चा जन्माउने बेलामा र बच्चा जन्मेपछि पनि गर्भिणीलाई धेरै शक्ति चाहिन्छ । गर्भिणीको शरीरले खानाबाट विभिन्न तत्व लिएर आवश्यक शक्ति या तत्व विकास गर्दछ । अरुबेलाभन्दा गर्भावस्थामा छिटो–छिटो भोक लाग्नु र धेरै खाना रुच्नुको कारण पनि यही हो । त्यसैले पनि गर्भिणीको वजन बढ्दछ । गर्भावस्थामा र सुत्केरी भएपछि आमाको स्वास्थ्य र पोषणको ख्याल गर्नुपर्ने आवश्यकता यही कारणले हो ।
गर्भमा रहेका बच्चाको वजन : गर्भावस्थामा गर्भिणीको वजन जति हुन्छ त्यसको तीनदेखि साढे तीनकिलो गर्भको बच्चाको वजन हुन्छ ।
भरपर्दाे उपाय चाहि होइन : अध्ययनहरुले जे जस्तो नतिजा देखाए पनि, वैज्ञानिकहरु गर्भावस्था र वजनको सम्बन्ध बच्चाको जेन्डरसँग कसरी सम्बन्धित छ भनेर निश्चित भने छैनन् । तर, यी तथ्यांकहरुको विश्लेषण गर्ने डाक्टरहरु यो मान्दछन् कि, मेल (छोरा) भु्रणको मेटाबोलिक दर ज्यादा हुन्छ र भ्रुण ठीक किसिमले विकसित हुनका लागि ज्यादा क्यालोरीको आवश्यकता हुन्छ ।
यसकारण गर्भमा छोरा हुँदा गर्भवतीको वजन ज्यादा बढ्ने गर्दछ । यसको मतलब यो हो कि गर्भवतीको वजन बढ्नुको लक्षण छोरो जन्मनु हुन जान्छ । तर, छोरा नै हुन् भनेर जान्नका लागि शतप्रतिशत भरपर्दो उपाय भने होइन भन्ने अनुसन्धाताहरुको निचोड रहेको देखिन्छ ।
समाजमा चलि आएका विश्वास र वैज्ञानिक अध्ययनका नतिजाहरु केही या धेरैहदसम्म मेल खान्छन् । यसले दम्पतीहरुमा केही ढुक्क हुने अवस्था श्रृजना हुन्छ । यो राम्रै कुरा हो, तर छोरो नै पाउने भनेर अडिग लिनु र विभिन्न खतराजन्य उपाय भने अपनाउनु हुन्न । खतराजन्य उपायले मातृ तथा शिशुको स्वास्थ्य तथा ज्यानलाई खतरा हुन सक्छ । छोरीका लागि पक्षपात हुनजान्छ । साँच्चै भन्नुपर्दा अमानवीय कार्य हुन जान्छ ।
छोरी पनि छोरा जत्तिकै हुन्छिन् : छोरा र छोरीको सन्तुलन प्राकृतिक कुरा हो । कहीँ कतै र कतिपय परिवार या दम्पतीमा छोरा र छोरीको सन्तुलन या अनुपात नमिल्न सक्छ । तर, समग्रमा हेर्ने हो भने विश्वको मानव समाजमा छोरा र छोरीको सन्तुलन या अनुपात उस्तै उस्तै छन् । प्रकृतिले अनुपात मिलाएरै छाड्छ । हुन सक्छ कुनै दशक या शताब्दीमा अनुपात गड्बड् जस्तै देखिएपनि कालान्तरमा छोरा र छोरीको अनुपात सन्तुलित हुन्छन् । त्यसैले छोरा जन्मे पनि र छोरी जन्मे पनि शान्त मनले खुशी साथ चित्त बुझाउनु नै उत्तम उपाय हो । छोरी पनि छोरा जत्तिकै सक्षम हुन्छन्् भन्ने धेरै कुराले प्रमाणित गरिसकेका छन् । त्यसैले चिन्तामुक्त जीवन जिऔं । (एजेन्सीको सहयोगमा)

























