आईईई प्रतिवेदनको सार्वजनिक सुनुवाई सम्पन्न

0
1089

विमल दहाल, माई ।

प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन (आईईई) प्रतिवेदन सार्बजनिक सुनुवाई कार्यक्रम माईमा सम्पन्न भएको छ ।

माई नगरपालिका क्षेत्र भएर बग्ने १९ वटा उत्खनन क्षेत्र खोलाहरुबाट निकाल्न सकिने नदिजन्य सामाग्रीको संरचना न्युनतम अंक माथि सरोकारवाला बीच सार्वजनिक सुनुवाई कार्यक्रम सोमबार सम्पन्न भएको हो ।

माई नगरपालिका भित्र नदीजन्य पदार्थको उत्खनन तथा संकलन गर्न सकिने दुई लाख ७ हजार नौ सय घनमिटर बाट न्युनतम आम्दानी ३ करोड ३४ लाख ७४ हजार २ सय त्रियानब्बे रुपैया गर्न सकिने प्रतिबेदनमा उल्लेख गरिएको छ ।

भु(गर्भबिद यदुनाथ तिम्सीना र बाताबरण बिद ग्यानेन्द्र चौधरीले तयार पारेका प्रतिबेदनमा माईका १९ बटा खोलालाई तीन प्याकेजमा छुट्याई प्रतिवेदन अनुसारको स्वीकृत परिणाम घनमिटरमा छुट्याईएको छ। प्याकेज-१ अन्तरगत माई खोलाका चार स्थान माझिटार, पलासे ज्बाले, माई लोदिय दोभान दक्षिण र चेप्टी खोला सेल्फी डाँडा झोलुङ्गे पुल दक्षिणमा २०/२० हजार घनमिटर गरि ८० हजार घनमिटर बार्षिक निकाल्न मिल्ने उल्लेख छ।

गरुवा माई दोभानमा नदिजन्य पदार्थ भएकाले प्रारम्भिक बाताबरणिय परिक्षण गरि प्रतिवेदनमा समाबेश गर्नु सुझाब पेश गरिएको छ । जसको क्षमता ३ लाख ६७ हजार पाँच सय घनमिटर नदिजन्य पदार्थको उत्खनन गर्न सकिने प्रतिबेदनमा उलेख्य गरिएको छ। त्यस्तै प्याकेज १ मै माई संग जोडिने शाखा खोलाहरु रिखुवा, छिवा, तमाखे, ठेवा, कप्परसुक्का र लक्ष्मी खोलाको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

माई–८को बिष्नेटार, माई–६ को गोतामेटार र माई–२ को रेडक्रस भबनमा आईतबार र सोमबार सम्पन्न सार्बजनिक सुनुबाई कार्यक्रममा प्याकेज- २ अन्तरगत लोदिया खोलाको चार स्थानबाट नदिजन्य सामाग्री उत्खनन गर्न सकिने उल्लेख गरिएको छ। लोदियाको बेलडाँडा, शेरा, साधुगाँउ पूर्व र मुसेखोला गाँउ पूर्वबाट उत्खनन गर्न सकिने प्रतिबेदनमा उल्लेख गरिएको छ ।

प्याकेज –३ अन्तरगत ३ स्थान गरुवा माई दोभान गरुबा तर्फ, गरुवा प्रस्तावित झोलुङ्गे पुल क्षेत्र, गरुवा(ढालापानि दोभान समाबेश गरिएको छ। थप गंगटे-गरुवा खोला दोभान उत्तर धरधरे(देबिथाने क्षेत्रमा संकलन गर्न सुझाब पेश गरिएको छ

१ नम्बर प्रदेश आर्थिक बिध्येक अनुसारको दर रेट प्रति क्यु फिटमा समाबेश गरिएको छ। उत्खनन गरिने ढुङ्गा, गिट्टी बिक्री शुल्क रु। ६, बालुवा बिक्री शुल्क ४ रुपैयाँ ७५ पैसा र भरौटे, बलौट माटो बिक्री शुल्क प्रति क्युफिट रु. ३ कायम गरिएको छ।

कार्यक्रममा बोलपत्र आह्वान गर्दा ढुंगालाई नगर बाहिर निकासी गर्न अनुमति नदिन, चुरे क्षतिहुने गरि कार्य नगर्न, जिल्ला निकासी गर्दा बैकल्पिक बाटोको खोजी गर्न र धार्मिक क्षेत्रमा असर नपुर्‍याउन सहभागीले सुझाब दिएका थिए।

सार्बजनिक सुनुबाई कार्यक्रममा माईका मेयर दिपक कुमार थेवे, उपमेयर बिष्णुमाया आचार्य, प्रमुख प्रशासनिक अधिकृत बिष्णु कुमार थेगुबा, वडाध्यक्षहरु खम्बसिंह लिम्बू, सुर्य प्रसाद दुलाल, मुखराज आङ्देम्बे, रामप्रसाद सदेम्वा, मन वहादुर बस्नेत, प्रशासन शाखा प्रमुख नविनकुमार पौड्याल, स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेल, नेपाली कांग्रेसका माई नगर सभापति कृष्ण खाकी, नेकपा माओवादी केन्द्रका चक्र कटुबाल, दानाबारी रेडक्रस सभापति मित्रप्रसाद गौतम, सरोकारवाला ब्याक्ति, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here