सिटी सफारी पल्टदा एक जनाको मृत्यु

0
649

सुनसरी।

सुनसरीको कोशी गाऊपालिका २ स्थित भित्री पक्की सडक खण्डमा उत्तरबाट दक्षिण आउदै गरेको को २ ह ११६३ नम्बरको सिटी सफारी अनियन्त्रित भई पल्टदा सवार एक जनाको मृत्यु र एक जना घाईते भएका छन् ।

दुर्घटनामा सोही स्थानका ७४ बर्षीय फरेबी यादव र बराहक्षेत्र ११ कि २३ बर्षीय सबिना माझी घाईते भएका थिए । घाईते मध्ये यादबको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा सोमबार राती पौने १२ बजे मृत्यु भएको थियो भने माझीको घोपा धरानमा उपचार भईरहेको छ ।

सिटी र चालक कोशी गाऊँपालिका २ का २० बर्षीय रंजित यादव जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here