अन्यौलग्रस्त भविष्य

१८ भाद्र २०७८, शुक्रबार मा प्रकाशित

नेपालको राजनीति बुझेर नबुझिने भएको छ । आफूहरूले रोजेको प्रणाली आएको खण्डमा एक–दुई वर्षमै ‘स्विजरल्याण्ड’ बनाउने दाबी गरेका दलहरूको डेढ दशकको गतिले निर्दोष देशलाई असफल बनाउने चाहिँ पक्का जस्तै भएको छ । देशको प्रगतिमा तत्कालीन राजनीतिक व्यवस्थालाई दोषी ठह¥याउने दल र तिनका नेताहरूको स्वार्थ जनित चालढालले देश झनै पछि धकेलिएको अनुभव गर्न थालिएको छ । जनादेशलाई राज्य सञ्चालनको ब्रह्माश्त्र ठान्नुपर्नेमा त्यसलाई व्यक्तिगत लाभका लागि उपयोग गरेर प्राप्त गरेको उपलब्धि नै गुम्ने अवस्थामा पु¥याए । राजनीतिलाई व्यापारिक लाभको विषय बनाएर सर्वोच्च शक्ति जनताको मतको अपमान गरे । नेतृत्वकै अक्षमता प्रमाणित हुने गरी दल विभाजनको अवस्थामा पु¥याउनु, बहुमतका प्रदेश सरकार ढल्दै जानु र राजनीति अस्थिरतातर्फ उन्मुख हुनुले दलका कार्यकर्ता बाहेकका जनतालाई निराश बनाएको हुनुपर्छ ।

केन्द्रको राजनीतिको ताप प्रदेश हुँदै गाउँसम्म आउनु स्वभाविक नै हो । कुनै दिन भनिन्थ्यो ‘दिल्लीमा पानी परे काठमाडौंमा छाता ओढ्छन्’ आज पनि त्यही भनाइ चरितार्थ भइरहेको छ । चुनाव गठजोरले बनेको स्थीर सरकार व्यक्तिगत लाभहानी कै कारण टुक्रिएर तीन चोइटा भयो । पद पाएपछि सर्वज्ञ र सर्वशक्तिमान् ठान्ने मानसिकताले छिन्नभिन्न भएको राजनीति ‘टालाटुली बटुली कति राम्री पुतली’ सरह बनिन पुग्यो । सत्तारूढ बलियो नेकपा कमजोर एमाले हुँदै एकीकृत समाजवादी, माओवादी केन्द्रमा विभक्त भए पछिको परिणामले बलिया प्रदेश सरकारहरू पनि क्रमशः ढल्दै गए । हुँदा हुककदा सर्वाधिक सुरक्षित भनिएको प्रदेश एक सरकार गठन भएको हप्ता दिनमै अल्पमतमा प¥यो । त्यही अवस्थामा वाग्मती प्रदेश पनि पुगेको छ ।

आफ्नै दलका अध्यक्षको कार्यशैली र निर्णयका कठोर आलोचक तथा असन्तुष्ट समूहको नेतृत्व गरेका माधवकुमार नेपाल पक्षधर भीम आचार्य मुख्यमन्त्री बनेको हप्ता दिन नै नभई अल्पमतमा पर्नुले अस्थिरता झनै बढ्ने सङ्केत गरेको छ । प्रदेश सभाका एमालेका दश जना सदस्यले नवगठित नेकपा एकीकृत समाजवादीमा रहने निर्णय गरेपछि मुख्यमन्त्री आचार्य नैतिक रूपले सङ्कटमा परेका छन् । त्यसैगरी एमाले अध्यक्ष खड्गप्रसाद ओलीको विपक्षमा नेपाल समूहमा रहेकी अष्टलक्ष्मी शाक्यको मुख्यमन्त्रीको आशन पनि हल्लिएको छ । त्यहाँ पनि प्रदेशसभा सदस्यहरूले एकीकृत समाजवादी दलमा सनाखत गरेपछि शाक्य अल्पमतमा परेकी हुन् । इतिहासमै सबैभन्दा शक्तिशाली कहलिएको, केन्द्रदेखि वडासम्म स्पष्ट बहुमतमा रहेको नेतृत्वकै अभिमानले खण्डित भएको राजनीतिका जानकारहरू बताउँछन् । हाम्रा पौराणिक ग्रन्थहरूले पनि धृतराष्ट्र पुत्रहरू कौरव अभिमानकै कारण समाप्त भएको उदाहरण दिएका छन् । तर, यस्तो अवस्था देश र जनताका लागि सुखद् होइन । किनकि राजनीतिक अस्थिरताले विकास अवरूद्ध हुन्छ, जनताको आकांक्षा साकार हुन सक्दैन । दलको अभिष्ट पनि देश र जनताको अस्तित्वसँग जोडिएको हो भने एकता र सामुहिकतालाई आत्मसात गर्नुपर्छ । त्यसमै सबैको ध्यान जानुपर्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here