भ्रष्टाचार र एमसीसीबिरुद्ध नाराबाजी गर्दै फाकफोकथुम घेराउ

२३ भाद्र २०७८, बुधबार मा प्रकाशित

इलाम ।

बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको युवा संगठन नेपालले इलामको फाकफोकथुम गाउँपालिकाको कार्यलय परिसरमा बिरोध प्रदर्शन भएको छ ।

महालेखा परिक्षकको प्रतिवेदनमा इलाम जिल्लाको सबैभन्दा बढी बेरुजू फाकफोकथुममा देखिएपछि उक्त भ्रष्टाचारको बिरोध गर्न युवाहरु पुगेका हुन । फाकफोकथुममा पाँच करोड साठी लाख साठी हजार बेरुजू निस्किएको थियो ।

बिरोध प्रदर्शनमा बोल्दै युवा संगठन इलामका संयोजक मदन गजमेर बिद्रोहिले स्थानियपालिका भ्रष्टाचारमा चुर्लुम्म डुबेको र जनताको काम नगरेको बताए । उनले भ्रष्टाचार गर्ने जनप्रतिनिधिहरुलाइ जनताको बीचमा नांगेझार गरेर कारवाही गरेर देखाउछौं भनेर जनप्रतिनिधि लाई चुनौती समेत दिएका छन ।

फाकफोकथुममा कुनै पनि प्रशासकीय अधिकृत टिक्न नसकेको किन हो ? जनताले सास्ती भोग्नु परेको किन हो ? बिकासका काम नभएको किन हो ? जनताले आवाज उठाउदैनन भनेर मनपरी गरेको हो ? भनेर प्रश्न गर्दै जनताले अब आवाज उठाउने मात्र होइन कठालो समातेर सडकमा पछार्ने भन्दै आक्रोश ब्यक्त गरे ।

उनले एमसीसी जस्तो राष्ट्रघात यो सरकारले गर्न खोजिरहेको हुनाले सबै जनता आन्दोलनमा सहभागी हुनु पर्ने बताए । दलाल सत्ता बिरुद्ध आफुहरुले बैज्ञानिक समाजवाद स्थापना गर्ने एकीकृत जनक्रान्ती गरिरहेको हुनाले अब बिद्रोहले नै सबै कुराको फैसला गर्ने बताए ।

प्रदर्शन कार्यक्रममा युवाहरुले नारावाजी गरेका थिए । भ्रष्टाचारी सरकार मुर्दावाद, एमसीसी खारेज गर, दलालहरु होसियार, एकीकृत जनक्रान्ति जिन्दावाद जस्ता नाराहरु लगाएका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here