नेकपा झापाको समानान्तर कमिटी नेकपा एकीकृत समाजवादी पार्टीमा रुपान्तरण

२५ भाद्र २०७८, शुक्रबार मा प्रकाशित

झापा, गत वैशाख ३ गते माधव नेपालको उपस्थितिमा गठन भएको ३५१ सदस्यीय नेकपा एमाले जिल्ला समानान्तर कमिटी झापा नेकपा एकीकृत समाजवादी पार्टीमा रुपान्तरण भएको छ ।


पार्टीको प्रथम जिल्ला भेलाबाट नेकपा एमाले जिल्ला समानान्तर कमिटीलाई नेकपा एकीकृत समाजवादी पार्टीमा रुपान्तरण गर्ने, सचिवालय गठन र १५ वटै स्थान्ीय तहमा १० दिन भित्र पार्टीका विभिन्न भातृ संगठन, र मोर्चा गठन गर्ने समेत निर्णय भएको हो ।


झापाको बिर्तामोडमा शुक्रवार पार्टीका प्रवत्ता तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा र १ नम्वर प्रदेश अध्यक्ष घनेन्द्र वस्नेतको आतिथ्यमा भएको कार्यक्रममा झापाका पाँच वटै निर्वाचन क्षेत्रीयमा १५ दिन भित्र क्षेत्रीय कमिटी निर्माण गर्ने , विभिन्न विभागको प्रमुख तोक्नुका साथै त्यस अन्तरगतका सबै विभागलाई पूर्णता दिने निर्णय भएको छ ।
पार्टीका जिल्ला अध्यक्ष वेदराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत युवा संघका केन्द्रीय सचिव प्रत्युष रानाले गरेका थिए भने सञ्चालन जिल्ला सचिव निलमणि बरालले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here