सहमति सहकार्य र एकता बाट नै नेपाली काग्रेस झापाको १४ औं जिल्ला अधिवेशन : सभापतिमा म वाहेक अर्काे विकल्प नै छैन – थेवे

२५ भाद्र २०७८, शुक्रबार मा प्रकाशित

झापा, नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत नगर अधिवेशनको मिति ननजिकदै जाँँदा झापामा कांग्रेसका नेता तथा कार्यकर्ताले उम्मेद्वारी घोषणालाई तीब्रता दिएका छन् ।
वडा अधिवेशन सम्पन्नसंगै गाउँ तथा नगर अधिवेशनको मिति नजिकदै छ । नगर अधिवेशनका लागि अहिले झापाका सबै पालिकामा कांग्रेसका नेता तथा कार्यकर्ता धमाधम विभिन्न पदमा उम्मेद्वारी घोषणा गरिरहेका छन् ।
जिल्लामा सभापति पदका लागि देउमान थेवे र राम कट्टेलको चर्चा चलिरहेका बेला कागेंस नेता थेवेले बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा सहमति सहकार्य र एकता बाट नै नेपाली काग्रेस झापाको १४ औं जिल्ला अधिवेशन सम्पन्न हुने बताउनुभयो ।
१३ औं महाधिवेशनमा आफूले सहमतिका लागि सभापति पदको उम्मेद्वार बाट पछि हटेको बताउँदै १४ औं महाधिवेशनमा आफू नै सभापतिको बलियो उम्मेद्वार भएको दावी गर्नुभयो ।
सभापतिका लागि कट्टेलको चर्चा गर्दै थेवेले चुनावसम्ममा सहमति र सहकार्यकै लागि प्रयत्न हुन्छ । हाम्रा नेताहरुको प्रत्यत्न उम्मेद्वारी घोषणा नगरुञ्जेल सम्म नै रहन्छ । म त्यो अवस्थामा पनि पछि हट्ने छैन उहाँले भन्नुभयो – मेरो उम्मेद्वारी पार्टीका शीर्ष नेताको सल्लाह अनुसार भएकाले सभापति पदका लागि अर्काे कुनै विकल्प नै छैन ।
झापाका १५ वटै स्थानीयतहमा भदौ २७ गते हुने निर्वाचन पनि सर्वसम्मत गर्ने प्रयास जारी रहेको बताउँदै झापा गाउँपालिकामा सर्वसम्मत हुने प्रक्रिया पूरा भइसकेको बताउनुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here