सुनसरीमा भएको सवारी र्दुघटनामा दुई जनाको मृत्यु

२६ भाद्र २०७८, शनिबार मा प्रकाशित

झापा ।

सुनसरीको इटहरी–१७ स्थित चतरा– कान्छिचोक पक्की सडक खण्डमा पिकअपको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

उत्तरबाट दक्षिण तर्फ आउदै गरेको को २ च १३३९ नम्बरको टाटा पिकअपले पैदलयात्री भोजपुर घर बताउने अन्दाजी ४६ बर्षिय दिलबहादुर राई लाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।

उनको एपेक्स अस्पताल इटहरीमा उपचारका क्रममा मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

त्यसैगरी सुनसरीको दुहबी ८ सोनापुर स्थित कोशी लोकमार्गमा खनारबाट दुहबी तर्फ आउदै गरेको ना ५५ प ९९७९ नम्बरको मोटरसाइकललाई उतरबाट दक्षिण तर्फ जाने क्रममा को १ क ३३९५ नं को ट्रकले ठक्कर दिदा मोटरसाइकल चालक सर्लाही लालबन्दी ८ का ३२ बर्षिय सुलभ गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here