कोरोनाबाट मृत्युभएकाको परिवारलाई सहारा नेपालले दियो पाँच लाख

२६ भाद्र २०७८, शनिबार मा प्रकाशित

झापा ।

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था दानावारी सेवा केन्द्रले कोरोना भाइरसबाट मृत्यु भएकी पुष्पाञ्जली सहारा महिला समुहकी सदस्यको परिवारलाई पाँच लाख रुपैयाँको प्रदान गरेको छ ।

प्रधान कार्यालय बिर्तामोडमा रहेको सहारा नेपाल साकोस सेवा केन्द्र दानावारीबाट सञ्चालित माई नगरपालिका– १० मा रहेको पुष्पाञ्जली सहारा महिला समूहकी सदस्य चन्द्रमाया कट्टुवालको कोरोनाका कारण निधन भएपछि कर्जा सुरक्षा कोष मार्फत पाँचलाख रुपैयाँको चेक प्रदान गरेको सेवाकेन्द्र प्रमुख त्रिलोचन तिम्सिनालो जानकारी दिए ।

विभिन्न रोगबाट ग्रसित ५३ बर्षिया कटुवालको गत असार ९ गते कोरोना भाइरसका कारण मृत्यु भएको थियो । उक्त रकमको चेक शुक्रवार एक कार्यक्रमकावीच कटुवालको घरमै पुगेर हस्तान्तरण गरिएको जनाइएको छ । सेवाकेन्द्र प्रमुख त्रिलोचन तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि तथा माई नगरपालिकाका मेयर दीपककुमार थेवेले मृतकका श्रीमान रेशवहादुर कटुवाललाई चेक हस्तान्तरण गरेका थिए ।

चेक हस्तान्तरण गर्दै मेयर थेवेले संस्थाका सदस्यको उत्पादनलाई बजारीकरण गर्न वित्तिय संस्थाको ठूलो भुमिका हुने बताए । यस्ता गतिविधिमा सहारा नेपाल साकोस सधैं अगाडि रहँदै आएको बताउँदै महिलाहरुको आर्थिक निर्भरता र परिवारमा समान व्यवहारिक बनाउन अझ वढि वित्तिय साक्षरता कार्यक्रम गर्नुपर्ने धारणा राखेका थिए ।

उनले आफ्ना सदस्य लाई व्यवसायिक वनाउन सीप सिकाउनु पर्ने र सदस्यलाई उत्पादन तथा वजारीकरण गर्न वितीय संस्थाहरूको भुमिका रहनु पर्ने बताएका छन् ।

चेक लिदै मृतकका श्रीमान कटुवालले सहारा साच्चै आफ्ना लागि साहारा भएको बताए । आफनो जीवन साथी गुमाउनु पर्दाको पीडाको समयमा सहाराले विमा बापतको रकम उपल्वध गराएर ठुलो गुन लगाएको भन्दै सस्थालाई धन्यवाद दिए । उनले श्रीमतीले लिएको संस्थाको सदस्यताले उनको नाम जीवन भर रहने वताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here