अपाङ्गता भएकालाई राहत

0
709

बिर्तामोड।

नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापा र बिर्तामोडका व्यवसायी डिल्लू कोइरालाले बिर्तामोड–६मा रहेका अपांगता भएका मानिसका परिवारलाई खाद्यान्न वितरण गरेको छ ।

बिर्तामोड वडा नम्बर ६ का अपांगता भएका २१ परिवारलाई राहत वितरण गरिएको संघका महासचिव जीवनकुमार खड्काले जानकारी दिए । संघले यसअघि पनि लकडाउनको समयमा १४१ परिवारलाई राहतस्वरुप खाद्यान्न प्रदान गरेको थियो ।

लकडाउनको समयमा जीविकोपार्जनको कुनै उपाय नरहेको र दैनिकी चलाउन असहज भएको जानकारी प्राप्त भएपछि राहत उपलब्ध गराइएको उनले बताए ।

खड्काको अध्यक्षता एवम् बिर्तामोड–६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङवाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा युवा समाजसेवी आशिष बन, व्यवसायी डिल्लु कोइराला, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, अपांगता स्वालम्बन संस्थाका अध्यक्ष दिपक थापालगायतले दातालाई धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा स्वागत संघका सदस्य प्रल्हाद ढुंगानाले गरेको थिए भने कार्यक्रमको सञ्चालन अपांगता स्वालम्बन संस्थाका सचिव हरि अधिकारीले गरेका थिए । कार्यक्रममा राहतस्वरुप चामल, दाल, तेल, नुनलगायतका खाद्यन्न सहयोग गरिएको हो ।

बिर्तामोडस्थित त्रिशुल फर्माको १४औं बार्षिकोत्सवमा अवसर पारी औषधि व्यवसायी संघले राहत वितरण गरेको संघका महासचिव तथा फर्माका सञ्चालक खड्काले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here