पथरीशनिश्चरे ,
नर्थ राधानगर फुटवल क्लव बेलबारी९८ को आयोजनामा सुरु भएको प्रथम राधानगर नकआउट फुटवल प्रतियोगिताको उद्घाटन खेलमा पथरी स्पोटिङ क्लब विजयी भएको छ ।

आयोजक नर्थ राधानगर फुटबल क्लब निलो बेलबारीलाई हराउदै पथरी स्पोर्टिङ क्लव पथरी दोस्रो चरणमा प्रबेश गरेको हो ।मनाङ र थ्रि स्टार जस्ता ए डिभिजन क्लवबाट खेल खेलेका दिपक राई, मीन धिमाल विशाल पाण्डे ,अर्जुन बस्नेत लगायतका खेलाडी सहित मैदान प्रबेश गरेको पथरी स्पोर्टिङ क्लवले दोस्रो हाफको ५ मिनेटमा पहिलो गोल गरेर खाता खोलेको थियो ।
पहिलो हाफ गोलरहित बरावरीमा सकिए पनि दोस्रो हाफको ५ मिनेटमा दिपक राईले गरेको गोल मार्फत पथरी स्पोर्टिङ क्लवले अग्रता लिएको थियो ।पूनस् सोहि दोस्रो हाफको १७ औं मिनेटमा साईमन लिम्बुले गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए ।आफ्नै खेल मैदानमा दर्शकको मनग्ये साथ पाए पनि आयोजक नर्थ राधानगर फुटबल क्लबले पाएका सुनौला अवसरहरु गोलमा परिणत हुन नसक्दा हार बेहोर्नु परेको थियो ।
स्पर्धाको म्यानअफ द म्याच पथरी स्पोर्टिङ क्लवका साईमन लिम्बू घोषित भए ।
असोज १६ देखि २३ गते सम्म संचालन हुने प्रतियोगितामा पथरी स्पोटिङ क्लव पथरी, पन्चाइन फुटवल क्लव सुनसरी, लेटाङ फुटवल क्लव लेटाङ, नव युवा क्लव बुढिगंगा, उर्लाबारी फुटवल क्लव उर्लाबारी, चुलाचुली फुटवल क्लव झापा सहित आयोजक नर्थ राधानगर फुटवल क्लव रातो र निलो गरि ८ टिमले भाग लिने बताइएको छ ।
प्रतियोगिताको विजेतालाई नगद ५१ हजार, मेडल, ट्रर्फी तथा प्रमाण पत्र प्रदान गरिने जनाइएको छ भने उपविजेताले नगद ३१ हजार प्राप्त गर्ने छन ।

























