समृद्ध समाजको २५ सदस्य कार्य समिति गठन

0
510

आकृति तिम्सीना,दमक ।

समृद्ध युवा ,समृद्ध समाजभन्ने मूलनाराका साथ समृद्ध समाजको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार दमक ५ स्थित कक्टेल रेष्टुरेन्टमा सम्पन्न कार्यक्रमले समृद्ध समाजको २५ सदस्य कार्य समिति गठन गरेको हो ।

कोरोना भाइरस कोभिड –१९ लाई समाजले नकरात्मक रुपमा बुझिरहेको बेला संस्थाका अभियान्ताले कोभिड १९को शुन्य समयलाई सकरात्मक रुपमाबुझेको बताएका छन् । सामाजिक सेवामायुवाहरुको सक्रियतालाई फराकिलो बनाउने उदेश्यले सुरु गरेको अभियानकोे उद्घाटन आफ्नै जन्मदिनको अवसर पारी गरिएको समृद्ध समाजकाअध्यक्ष रोहन घिमिरेले बताएका छन् ।

उनले सिक्कममा बसेर गर्दै गरेको इञ्निियरीङको पढाईलाई बीचमा छाडेर २ वर्षदेखि कोरोनाका कारण घरै बस्दा बिभिन्न सामाजिक सेवालाई नजिकबाट नियाल्ने मौका पाएकाले लकडाउनलाई सिर्जनशिल रुपमा हेरेको बताएका छन् । कार्यक्रममा समृद्ध समाजका सदस्य राम पौडेलले पुराना पुस्तालाई नयाँ पुस्ताले सिकाउन नहुने भन्दै सकरात्मक काम आफैबाट सुरुवात गरे ,त्यसले भावि सन्ततीहरुलाई मद्दत पुग्ने बताएका छन् ।

त्यस्तै अर्का सदस्य अबिश खनालले राजनीति देशको मेरुदण्ड भएकाले राजनीतिमा केहि गलत नेतृत्व देखा परेकाले बद्नाम भएको भन्दै राजनीतिबाटै सकरात्मक पक्षको खोजी गर्न आग्रह गरेका छन् । उनले भने – राजनितिलाई उपेक्षागर्ने ,आफु दक्षभएर बिकल्पनखोज्ने ,व्यवसायिक बन्न नखोज्ने जिविकोपार्जनको बिकल्प बैदेशिक रोजगार सम्झने प्रबृतिले नेपालीहरुले दुख पाइरहेको बताएका छन् । कार्यक्रममा,खेम साप्कोटा,विवेक भट्टराई ,प्रविनपाठक,कमल गैरे, लगायतले शुुभकामनामन्तव्यब्यक्त गरेका थिए ।

यसैबीच समृद्ध समाजको अध्यक्षमा साहिलगौतम , उपाध्यक्षमा समिक्षा खतिवडा ,सचिवमा कुशल दाहाल , सह–सचिवमा सिद्धार्थ नेपाली,कोषाध्यक्षमा शिक्षा बस्नेत लगायतको पदाधिकारी आजको भेलाले गठन गरेको छ । कार्यक्रमको सञ्चालन युवा व्यवसायी कमल गैरेले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here