कांग्रेस महाधिवेशन : दैलेख सभापतिमा रेग्मी

१३ मंसिर २०७८, सोमबार मा प्रकाशित

कर्णाली,

नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनअन्तर्गत दैलेख जिल्ला कार्य समितिको सभापति पदमा मणिराम रेग्मी निर्वाचित हुनुभएको छ ।

प्रतिद्वन्द्वी घनश्याम भण्डारीलाई ३७ मत अन्तरले हराउँदै ७९१ मत ल्याएर उहाँ विजयी हुनुभएको हो । गत शुक्रबारदेखि सुरुआत भएको अधिवेशनमा शनिबार मतदान र आइतबार साँझ मतगणना सम्पन्न भएको थियो । जिल्ला नेतृत्व चयनका लागि भएको मतदानमा एक हजार ५५९ मत खसेको थियो ।

कांग्रेसका जिल्ला निर्वाचन अधिकृत अधिवक्ता विवशकुमार बस्नेतले उपसभापतिमा नवराज शाही, रीताकुमारी शाही, सचिवमा खेमराज वली, नारायणप्रसाद रेग्मी, सहसचिवमा कनकबहादुर सेन र महेन्द्रबहादुर शाही निर्वाचित हुनुभएको छ ।

त्यस्तै, प्रदेश महाधिवेशन प्रतिनिधिमा विमलविक्रम शाही र केन्द्रीय महाधिवेशन प्रतिनिधिमा नरबहादुर खड्का निर्वाचित हुनुभएको जानकारी दिनुभयो ।

कांग्रेसका पुराना नेता नवनिर्वाचित रेग्मी १३ औँ महाधिवेशनमा पनि सभापतिको उम्मेदवार भई पराजित हुनुभएको थियो । दैलेख क्षेत्र नं २ का पूर्वक्षेत्रीय सभापति भण्डारी हाल दुल्लू नगरपालिकाका प्रमुख हुनुहुन्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here