सुरजको संगीत, साजनको स्वरमा ‘आधा अधुरो’ सार्वजनिक (भिडियो)

0
902

काठमाडौं,

हस्पिटालिटी क्षेत्रमा संघर्ष गर्दै नेपाली संगीत क्षेत्रमा आफ्नो भविष्य खोज्दै गरेका नव गायक गायक साजन तामाङले आफ्नो पहिलो गीत ‘आधा आधुरो’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

रोमाण्टिक भर्सनको यस गीतमा शब्द गीतकार डि.पी खनालको रहेको छ भने सुरज कालाखेतीले यस गीतलाई संगीतवद्द गरेका हुन्। गीतमा विश्व अधिकारीको संगीत संयोजन रहेको छ।

बिना राउत फिचर्ड यस भिडियोलाई राजिव क्षेत्रीले खिचेका हुन् । भिडियोमा नविन निरौलाको सम्पादन रहेको छ ।सुबोल थापाको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो । निर्माण टिमले भिडियोलाई हेरेर माया गरिदिन सबैलाई आग्रह गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here