दशगजाबाट लागू औषध र भारतीय रुपैयाँसहित पाँच जना पक्राउ

0
602

झापा , सशस्त्र प्रहरीले दशगजाबाट लागू औषध र भारतीय रुपैयाँसहित पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मेचीनगर – १० बस्ने २६ वर्षीय अनुप राजवंशी, सोही ठाउँका २५ वर्षीय राजा उराव, पाँचथरको फिदिम( १ चौतारेडाँडा घर भई हाल बिर्तामोड बस्ने २७ वर्षीय सरोज लावती, २४ वर्षीय विवश खवास र २१ वर्षीय वीरबहादुर राई रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डिएसपी प्रेमबहादुर भण्डारीले जानकारी दिए । भारतबाट नेपालतर्फ आइरहेका उनीहरूलाई बिओपी काँकडभिट्टाबाट खटिएको सशस्त्रको टोलीले मेचीनगर( ६ कालीमन्दिरस्थित नेपाल भारत सीमा पिलर ८८(७ नजिकैबाट बुधवार दिउँसो ३ बजे पक्राउ गरेको हो । सशस्त्र प्रहरीले उनीहरुको साथबाट प्रतिबन्धित औषधि अल्प्राजोलम पाज़ ६३ चक्की, ९४ हजार ८६० भारतीय रुपैयाँ, ४ सय ३० नेपाली रुपैयाँ र एउटा मोबाइल बरामद गरिएको डिएसपी भण्डारीले बताए ।

पक्राउ परेका पाँच जनालाई लागु औषध र नगदसहित आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टा बुझाइसकेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here