आजदेखि १३ कुने पोखरी महोत्सव

0
595

इलाम,
नयाँ पर्यटकीय गन्तव्यका रुपमा विस्तार हुँदै गएको १३ कुने सिमसार क्षेत्रको प्रचार गरी देश विदेशमा चिनाउन आजदेखि १३ कुने महोत्सव हुने भएको छ । इलामको माई नगरपालिकामा रहेको १३ कुने पोखरीमा पर्यटक प्रवद्र्धन गर्न महोत्सव आयोजना गरिएको हो ।

महोत्सवको प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले उद्घाटन गर्नुहुने छ । महोत्सवमा स्थानिय परिकार तथा स्थानीय पर्यटकीयस्थलको प्रवद्र्धन गरिने छ । महोत्सवमा दैनिक पाँच हजार बढी आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । महोत्सवसँगै सो पोखरीमा दुई डुङ्गा सञ्चालन गरिने भएको छ । महोत्सवमा राष्ट्रिय कलाकार राजेशपायल राई, पार्वती राई, विनोद खम्बू, हाँस्य कलाकार खड्गबहादुर पुन ९खबपु०, मनोज गोर्खाली र जादुगर राजेन्द्र गिरीको प्रस्तुति रहने अध्यक्ष कहरसिंह राइले बताउनुभयो ।

महोत्सवमा सांस्कृतिक झाँकी र खुला भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । झाँकी र भलिबल दुवै प्रतियोगिताका विजेता टोलीले नगद, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । महोत्सव सञ्चालन गर्न अनुमानित रु २० लाखमाथि खर्च लाग्ने बताइएको छ । खर्चको स्रोत माई नगरपालिका, सहआयोजक वरभञ्ज्याङ सामुदायिक वन उपभोक्ता समूहसँगै प्रायोजक र प्रवेश शुल्कबाट जुटाउने समितिका सचिव सोताङले जानकारी दिनुभयो ।

सिमसार मात्र नभएर यस क्षेत्रभित्र पर्ने सुखानी शहीद पार्क, सोक्तिम, चिलिमकोट चिया बगान, माई जलाधार क्षेत्रदेखि सिद्धिथुम्का चुली, पङ्खेलुङ झरना, पानीटार क्षेत्रको रुट तयार गरी प्याकेजमा लैजान सकिने सम्भावना रहेको बताइएको छ । माई नगरपालिका–१ मा रहेको बिहीबारेमा सिमसार संरक्षण गर्न स्थानीयले महोत्सवको आयोजना गरेका हुन् । सिमसार क्षेत्रको नामले परिचित यो ठाउँको प्रचारप्रसार गरी नयाँ पर्यटकीय गन्तव्य बनाउन यही पुस ११ गतेसम्म महोत्सवको आयोजना गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here