भाईको नाममा ट्रायल दिने दाजु पक्राउ

0
657

झापा,
झापाको बिर्तामोडमा अर्काको नाममा ट्रायल दिँदै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दमक नगरपालिका वडा नम्बर ९ का ३७ बर्षीय हरी श्रेष्ठ भनिने हरीबहादुर प्रधानलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

विहिबार विहान बिर्तामोडस्थित कान्तिपुर ड्राइभिङ ट्रेनिङ सेन्टरमा २१ बर्षीय भाई सुजितबहादुर श्रेष्ठको नाममा ट्रायल दिँदै गरेको फेला परेपछि प्रहरीले उनलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरिक्षक सन्तोष आचार्यले जानकारी दिए । प्रधानलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । परिवेश मिडियाले उल्लेख गरेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here