होलीमा ट्राफिक नियम उल्लंघन गर्नेलाई कडा कारवाही

0
529

बिर्तामोड । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले होलीको समयमा ट्राफिक नियम उल्लंघन गर्नेलाई कडा कारवाही गर्ने चेतावनी दिएको छ ।

नेपालीहरुको उल्लास र हर्षको पर्वको रुपमा रहेको होली पर्व बिहीबार झापासहित तराईका जिल्लामा धुमधामका साथ मनाइँदैछ । होलीको समयमा ट्राफिक नियम उल्लंघन जो कोहीलाई कारवाहीको दायरामा ल्याउने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक निशेष चापागाईंले जानकारी दिए ।

उनले भने– ‘होलीको समयमा मादक पदार्थ सेवन गरेर सवारी सञ्चालन गर्ने, हेल्मेट नलगाउने, लाइसेन्स नबोक्ने, जोकोहीलाई पनि कारवाही गर्नेछौं ।’ प्रहरीले मोटरसाइकलमा तीन जना वा सो भन्दा धेरै सवार भए तत्काल पक्राउ गरी कारवाही गर्ने चेतावनी दिएको छ ।

होली पर्वलाई दुर्घटनारहित पर्वका रुपमा मनाउन सबैले सहयोग गर्नुपर्ने ट्राफिक प्रहरीले जनाएको छ । रंगहरुको पर्व होली खेल्दा सकेसम्म सामाजिक मर्यादा कायम गर्न प्रहरी आग्रह समेत गरेको छ ।

ट्राफिक प्रहरीले इच्छा विपरीत कसैलाई पनि रंग, लोला नहान्न आग्रह समेत गरेको छ । झापाका सबै क्षेत्रमा बिहीबार चेकजाँचलाई कडाइ गरिने ट्राफिक प्रहरी निरीक्षक चापागाईले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here