बिर्तामोड।
नेपाली काङ्ग्रेस झापा क्षेत्र नम्बर २ प्रदेश क को आयोजनामा अन्तरक्रियात्मक अभिमुखिकरण कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ ।
प्रदेश क्षेत्रीय सभापति लक्ष्मीप्रसाद आचार्यको सभापतित्व संविधानसभा सदस्री सुधीरकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा सप्पन्न कार्यक्रममा खगेन्द्र मैनालीले कार्यक्रमको औचित्यमाथी प्रकाश पार्नुभएको थियो ।
घर– घर जाऔ काङ्ग्रेस जिताऔ अभियान अन्तरगत आयोजित कार्यक्रममा एम सि सि भ्रम र यथार्थका बारे अधिबक्ता भरत प्रसाइले स्पष्ट पार्नुभएको थियोे । एमसिसिका अन्तरबस्तु अध्ययन गरेर तथ्री प्रस्तुत गर्नु जिम्मेवार नागरिकको दायित्व भएको बताउदै प्रसाइले भ्रम र प्रोपोगन्डाका पछि नलाग्न उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसको इतिहास, नीति सिद्धान्त र बिचार एवं सांगठनिक स्थिति र चुनावको तयारीका विषयमा जिल्ला सचिब कृष्ण हुमागाइले प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा महाधिवेशन प्रतिनिधि उमा शिवाकोटी, सीता पौडेल, हर्कलाल गिरी, नेपाली काङ्ग्रेस झापाका सदस्य पार्बता गिरी, पुस्पलाल चौधरी, देबिका बस्नेत, झुमा बेडारी, रमेश पोखरेल, ट्रेड युनियन काङ्ग्रेसका केन्द्रीय सदस्री उर्मिला ढकाल पोखरेल, जिल्ला अध्यक्ष यज्ञप्रताप अधिकारी, प्रेस युनियन झापा अध्यक्ष इन्दु पुर्बेली, जनप्रतिनिधिहरु सुर्य कन्दङ्वा, कुलप्रसाद सङ्रौला लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रमको सन्चालन प्रदेश क का सचिब गङाप्रसाद चुडालले गर्नुभएको थियो ।