बाल सुबोधिनी माविद्वारा वर्ष उत्कृष्ट आमाको रुपमा सीता राजवंशीलाई सम्मान

१८ चैत्र २०७८, शुक्रबार मा प्रकाशित

दुहागढी ।

झापा मेचीनगर १४ दुहागढी स्थित बाल सुबोधिनी माध्यमिक विद्यालयले वर्ष उत्कृष्ट आमाको रुपमा सीता राजवंशीलाई सम्मान गरेको छ ।

शुक्रवार विद्यालयमा आयोजित आमा भेलाका बिच राजवंशीलाई प्रमुख अतिथि मेचीनगर नगरपालिका १४ नं. वडाका वडाध्यक्ष शंकरप्रसाद पोखरेलले दोसल्ला र सम्मानपत्रबाट सम्मान गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल सुब्बाको सभापतित्वमा सम्पन्न भेलामा प्रधानाध्यापक विश्व थापाले विद्यालयका गतिविधिका बारेमा प्रकाश पारेका थिए ।

विद्यालय व्यवस्थापन समितिका सदस्य बद्रीनाथ फुयालले स्वागत गरेको कार्यक्रममा शैक्षिक गुणस्तर अभिवृद्धिमा आमाहरुको योगदानका बारेमा चर्चा गरिएको थियो ।

विद्यालयले हरेक वर्ष वार्षिक परीक्षामा विद्यालय प्रथम हुने विद्यार्थीको आमालाई वर्ष उत्कृष्ट आमाको रुपमा सम्मान गर्ने गरेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here