गणेश अर्याल, इलाम। 
सकरात्मक सोचका अभियन्ता कर्ण शाक्य शनिबार इलामको रोङ गाउपालिकामा आउनु हुने कार्यक्रम रहेको छ ।
नागरिक सेवा समाज रोङ गाउपालिकाको आयोजनामा हुन लागेको कार्यक्रमलाई सम्बोधन गर्न शाक्य रोङमा आउन लाग्नुभएको हो । रोङ गाउपालिका ३ को पाथीभरा सभाहलमा आयोजना हुने कार्यक्रममा कर्ण शाक्यको उपस्थिति रहने आयोजक सस्थाका अध्यक्ष सत्यम् राईले बताउनु भएको छ ।
सोच खोज मोज नामक पुस्तक लेखेर मानिसहरुको प्रेरणाको श्रोत बनेका शाक्यले बोलेर मात्र होइन लाखौलाई सिकाएर र आफै गरेर पनि देखाएका छन् । पर्यटन ब्यवसायी, होटल ब्यवसायी र पर्यावरण बिदको रुपमा चिनिएका शाक्य लेखक र अनुकरणीय रहेको बताइन्छ ।
शनिबार दिउसो १० बजे बाट पाथीभरा संरक्षण सस्थाको सभालहमा कार्यक्रमको लागि सबै तयारी पुरा भएको आयोजकले जनाएको छ ।































