झापा, शिक्षासेवाी लक्ष्मीप्रसाद दाहालको ६९ वर्षको उमेरमा निधन भएको छ ।
बाह्रदशी गाउँपालिका – ३ राजगगढ निवासी दाहाल पशुपति माध्यमिक विद्यालयका पूर्व शिक्षक हुन् । लामो समयसम्म शिक्षण पेशामा आवद्ध रहेका दाहाल नेपाल शिक्षक संगठनका पूर्व केन्द्रीय सदस्य हुन् ।
नेपाल शिक्षक संगठनका सल्लाहकार सदस्य समेत रहेका दाहाल यस अघि शिक्षक संगठनको जिल्ला कमिटी उपसभापति हुँदै अञ्चल समिति सदस्य , केन्द्रीय परिषद् सदस्य भएका थिए । उनी नेकपा एमाले झापाको पूर्व जिल्ला जिल्ला कमिटी सदस्य समेत ंहुन् ।
इतिहासका जानकार समेत रहेका दाहाल मधुमेह रोगबाट केही समय अघिदेखि पीडित थिए । उनको केही समयअघिदेखिसम्म मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार (डायलसिस) भइरहेको थियो । ढुण्डिराज दाहालको पत्ररत्नका रुपमा २००९ साल भदौ २३ गते जन्मिएका दाहालले तत्कालीन राजगढ गाविसमा रहेका दक्षिणी क्षेत्रको शैक्षिक सुधारमा उल्लेख्य भूमिका निर्वाह गरेका थिए ।
शिक्षा सेवी दाहालका श्रीमती दुर्गामाया दाहाल सहित दुई छोरा वुहारी र दुई छोरी रहेका छन् ।
दुई छोरा वुहारीमा जेठा राजिभ (राजु) – सकुन्तला दाहाल र कान्छा नवीनचन्द्र – निकिता दाहाल रहेका छन् । दुई छोरीहरुमा जेठी गंगा चम्लागाई र कान्छी कमला सुवेदी रहेका छन् ।
शिक्षासेवी दाहालको मंगलवार बाह्रदशी गाउँपालिका २ स्थित त्रिवेणीधाममा अन्त्यष्ठी गरिने पारिवारिक श्रोतले जनाएको छ ।






























