संखुवासभा ।

संखुवासभाको चैनपुर नगरपालिका–५ मा पानीमा डुबेर बालकको मृत्यु भएको छ।
सोही स्थानका पेमा ओङ्दि शेर्पाका एक बर्षीय छोरा निमा साङ्गे शेर्पालाई जुठेल्नोमा खोले पकाउन राखिएको भाडामा रहेको पानीमा डुबेर मृत अवस्थामा परीवारले फेला पारेको थियो।
इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिगएको प्रहरी टोलीले कानुनी प्रकृया पुरा गरी घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।






























