अदिल अन्सारी अनुवन्धित

३ बैशाख २०७९, शनिबार मा प्रकाशित

बिर्तामोड, राष्ट्रिय खेलाडीको रुपमा अन्तर्राष्ट्रिय क्रिकेटर अदिल अन्सारीलाई धुलावारी टाइगरले अनुवन्धन गरेको छ ।
प्रवीण अग्रवाल र रिसभ मित्तल ओनर रहेको धुलावारी टाइगरले अन्तर्राष्ट्रिय क्रिकेटर गुल्सन झालाई अनुबन्धन गरेको हो ।
लर्ड बुद्ध क्रिकेट एकाडेमीको आयोजनामा शनिवार बिहानदेखि काँकरभिट्टा माविको मैदानमा प्रदेशमै पहिलोपटक झापा सुपर लिग क्रिकेट प्रतियोगिता शुरु भएसंगै अन्सारीलाई अनुवन्ध गरिएको बताइएको छ ।
मार्की प्लेयरमा सुजन थपलिया र आइकोनिकमा दीपेश कँडेल छन् । पूर्व क्रिकेटर लाक्पा लामा र मनोज पौडेलको टिम सनराइज काँकरभिट्टाले मार्की प्लेयरमा कमल खत्री र आइकोनिकमा फिरदोश अन्सारीलाई खरिद गरेको छ । यो टिममा सहभागी बन्ने राष्ट्रिय खेलाडी टुंगो लागेको छैन ।
प्रदेश १मै पहिलोपटक आयोजना हुन लागेको प्रतियोगिताको विजेता टोलीले नगद २ लाख ११ हजार र उपविजेताले नगद १ लाख ११ हजार पाउने छ । उपविजेताको पुरस्कार राशि काँकरभिट्टाका सञ्चारउद्यमी बालकृष्ण थापाले प्रायोजन गरेका हुन् ।
प्रतियोगिताका लागि झापा आइपुगेका अन्तर्राष्ट्रिय क्रिकेटर गुल्सन झालाई बिर्तामोडमा स्वागत गरिएको छ ।
धुलावारी टाइगरका ओनर रहेका प्रविण र रिसभ मित्तलले गुल्सनलाई स्वागत गरेका हुन् ।
धुलावारी टाइगरका तर्फबाट गुल्सन सहित सुरज थपलिया, सुयोग वंशल, अविरल ओली, सुमित साह, निखिल पौडेल, प्रवेश कामती, दीपेश कण्डेल, मुकुन्द यादव, शिव राजवंशीले प्रतियोगितामा भाग लिदैछन् । त्यस्तै फेजल रहमान, राज थापा, विवेक वुढाथोकी, उज्वल काफ्ले, महेश सेढाई, डम्वर विष्ट, ज्ञानेन्द्र श्रेष्ठ, भूपेश गौतमले प्रतियोगितामा सहभागीताा जनाउने छन् ।
युनिल क्षेठ टिम कोच रहेको धुलावारी टाइगरमा टीम म्यानेजर अर्शीवाद खडौलिया रहेको प्रविनले वताए । धुलावारी टाइगरलाई बिर्तामोडमा रहेको होलिडे होम र किंसवरी होटलले हस्पिटालिटी पार्टन सेवा प्रदान गरेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here