झापामा चौलागाईं बन्धुको तेस्रो साधारणसभा सम्पन्न

0
586

झापा, चौलागाईं प्रतिष्ठान झापा जिल्ला समितिको तेस्रो साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष माधव चौलागाईंको अध्यक्षता तथा केन्द्रिय अध्यक्ष डाक्टर रमेश चौलागाईंको प्रमुख आथित्यमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष तथा प्रदेश सदस्य भरत चौलागाईंले स्वागत गरेका थिए ।

कार्यक्रममा संस्थाका केन्दि«य महासचिव देवेन्द्र चौलागाईं, केन्दि«य सदस्य शिव शर्मा चौलागाईं, प्रदेश अध्यक्ष उत्तम चौलागाईं, इलाम अध्यक्ष मेघप्रसाद चौलागाईं, मोरङ अध्यक्ष दुर्गाप्रसाद चौलागाईं, सुनसरी अध्यक्ष प्रेमप्रसाद चौलागाईं, मेचीनगर अध्यक्ष मिन चौलागाईं र बारदशी गाउँपालिका अध्यक्ष कमलप्रसाद चौलागाईंलगायतले शुभकामना मन्तव्य राखेका थिए । संसथाका अध्यक्ष माधवले प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन संस्थाका सचिव नारायणप्रसाद चौलागाईंले गरेका थिए । साधारणसभाको बन्द सत्रले आजै नयाँ कार्य समिति चयन गर्ने निर्वाचन अधिकृत राजेन्द्रप्रसाद चौलागाईले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here