जगतगुरु शंकराचार्यस्वामी निश्चलाचन्द्र सरस्वती महाराज झापा आउँदै

0
469

झापा,अनन्त विभूषित जगतगुरु शंकराचार्यस्वामी निश्चलाचन्द्र सरस्वती महाराजजी झापा आउने भएका छन् ।
भारतको गोवद्र्धनमठ जगन्नाथधामबाट जगतगुरु शंकराचार्यस्वामी झापा आउन लागेका हुन् । शंकराचार्य स्वागत समारोह आयोजक मूल समितिका संयोजक वेदप्रकाश अग्रवालका अनुसार वैशाख ७ गते उनी झापा आउने कार्यक्रम रहेको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको छ । वैशाख ८ गते चारपानेमा रहेको साङ्गवेद संस्कृत विद्यालयमा उनले सम्वोधन गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
हिन्दू सनातन धर्मका सर्वाेच्च विद्धान एवम् साहित्यकार , विचारकका रुपमा समेत परिचित उनी पहिलो पटक झापा आउन लागेको नेपाल सन्त समाजका महासचिव तथा व्यासाचार्य किशोर गौतमले जानकारी दिए । आध्यात्मिक र धार्मिक क्षेत्रमा जगतगुरु शंकराचार्यस्वामी निश्चलाचन्द्र सरस्वती महाराज जीको स्थान विश्वमै उच्च रहेको र उनी झापा आउनु नै ठूलो कुरा रहेको व्यासाचार्य गौतमले बताएका छन् ।
शंकराचार्य स्वामीको नेपाल आगमनको मूल उद्देश्य आध्यात्मिक ज्ञानको प्रचार र धार्मिक जागरण ल्याउने रहेको पत्रकार सम्मेलनमा समारोह मूल आयोजक समितिका संयोजक अग्रवालले बताए । निश्चलाचन्द्र सरस्वती महाराजजीको आगनका लागि स्वागातार्थ अहिले सम्पूर्ण तयारी पूरा गरिएको र उहाँको दर्शनसहित आर्शीरवचन र आध्यात्मिक ज्ञान प्राप्त गर्दै लाभ उठाउन आयोजक समितिका कोषाध्यक्ष कुमार भट्टराईले आग्रह गरेका छन् ।
दुई सय भन्दा बढी आध्यात्मिक पुस्तक कृतिका रचयिता धर्मगुरुको झापा बसाई दुई दिने रहने बताइएको छ ।
पत्रकार सम्मेलनमा संगोजक अग्रवाल सहित सह स.योजक हनुमान मित्तल, राजकुमार गुप्ता, पार्वता खरेल विमली, सचिव देवी घिमिरे, कोषाध्यक्ष कुमार भट्टराई, सदस्यहरु मदनगोपाल सुब्बा, चन्द्र प्रकाश गिरी, सल्लाहकार हर्कलाल गिरी लयायत सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here