झापा, झापाका अगुवा आदिवासी जनजातिरुहको भेलाले कोदोको रक्सीलाई‘ब्राण्ड’ बनाएर आर्थिक उपार्जनमा टेवा पु¥याउनु पर्नेमा जोड दिएका छन् ।
शनिवार बिर्तामोडमा भएको छmपलमा सहभागी आदिवासी समुदायका अगुवाहरुले उनीहरुको समुदायको आर्थिक उन्नति र पहिचानलाई स्थायित्व गर्न सकिने समेत बताएका छन् ।
नागरिक अगुवा देसु ओनेमले आदिवासीको मौलिक अधिकार भित्र पर्ने घरायसी कोदोको रक्सीलाई ब्राण्ड बनाउनु चानचुने कुरा होइन भन्दै राज्यले नै त्यसलाई प्रोत्साहन गर्न सके आदिवासी जनजातिको सम्मान हुने धारणा राखे ।
छलफलमा अधिवक्ता मोहन सुब्बाले कानूनले घरेलु रक्सीलाई बन्देज लगाएको जानकारी गराउँदै आदिवासीको मौलिक अधिकार भित्र पर्ने कोदोको रक्सी भएको हुँदा स्थानीय तहदेखि आवाज उठ्न सके सबै आदिवासी समुदायकै सम्मान हुन सक्ने बताए ।
फोनिजका पूर्व इञ्चार्ज दीपिन राईले समाजको मनोविज्ञानलाई सम्वोधन नगरी आफ्नै पनमा राज्य जाने हो भने देश अग्रगतिमा पुग्न नसक्ने बताउँदै आदिवासीका अधिकारहरुमा स्थानीय तहदेखिले नै सम्मान गर्नु पर्नेमा जोड दिए ।
छलफलमा जनजाति महासंघका झापा अध्यक्ष भरतकुमार श्रेष्ठले पहिचानमा आधारित आदिवासीका खानेकुरा वा प्रकारलाई वजारीकरण गरे आय आर्जनमा टेवा पुग्नेमा जोड दिए ।
कार्यक्रममा भद्रपुर नगरपालिका वडा नम्वर ८ का अध्यक्ष मनोज सुब्बा, नेवा दय दवूका प्रदेश १ का अध्यक्ष इन्द्र वहादुर श्रेष्ठ,यायोख्खा झापा उपाध्यक्ष गणेश राई, महिला नेतृ पुष्पा वोखिम, चुम्लुङका नेतृ सरु सिङ्गप, चुम्लुङुका दीलिप सुब्बा, मेचे सिवियारी आफातका अग्निमाया मेचे, सन्थाल समाजका वडाराम हेमरम, जनजाति महासंघ वाह्रदशीका अध्यक्ष दीलकुमार नेम्वाङ, सेवारो उत्पादक संघका अध्यक्ष दिपक तुम्वाफो , टेकमान सुव्वा जवेगू लगायतले लोकल रक्सीलाई प्रयोगमा ल्याउन कार्यदल बनाउदै अघि बढ्नु पर्ने बताए ।
सामाजिक अगुवा टेकवहादुर खजुमको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपत्र माथि नागरिक अगुवा देसु ओनेम, पत्रकार दीपिन राई , टेक वहादुर थामी ले टिप्पणी गरेका थिए । वीरेन मेचेले सञ्चालन गरेको कार्यक्रमको भेलाले टेकवहादुर खजुमकै संयोजकत्वमा ११ सदस्यीय कार्यदल निर्माण गरेका थिए ।






























