पथरीशनिश्चरेमा प्रमुखबाट उप- प्रमुख सहित अन्य पदाधिकारीलाई गोपनीयताको शपथ

0
636

छविराज ढकाल/ पथरीशनिश्चरे,

पथरीशनिश्चरे नगरपालिकाका नवनिर्वाचित पदाधिकारीहरुले सपथ ग्रहण तथा पद वहाली गरेका छन् ।

मंगलवार पथरीशनिश्चरे नगरपालिकाकाे कार्यलयद्वारा आयोजित सपथ ग्रहण तथा स्वागत कार्यक्रममा उनीहरुले आ आफ्नो पदीय पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन्।

हिजो सोमबार जिल्ला न्यायाधीशको कार्यलय मोरङ्गमा सपथ लिनुभएका नगरप्रमुख मोहन तुम्वापोले एक कार्यक्रमबीच आज नगरकी उप -प्रमुख देवीमाया काफ्ले तथा अरू १० वटै वडाहरुमा निर्वाचित वडाध्यक्षहरूसहित वडा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो।

निवर्तमान प्रमुख दिलिप कुमार राई तथा उपप्रमुख यमुना विष्ट वास्तोला सहितले नवनिर्वाचित पदाधिकारीलाई स्वागत गर्नुकासाथै नगरका प्रमुख मोहन तुम्वापोले निवर्तमान मेयर दिलिप कुमार राई र उपप्रमुख यमुना विष्ट वास्तोलालाई मायाको चिनो प्रदान गरी सम्मान तथा विदाई गरिएको थियो।

नवनिर्वाचित मेयर माेहन तुम्वापाेले अध्यक्षतामा भएको कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका फिपराज बेघा, संघीय लिम्बुवान राष्ट्रिय मञ्चका बलबहादूर फ्याक , नेकपा एकीकृत समाजवादीका नगर सचिव-देवेन्द्र वनेमले नवनिर्वाचित जनप्रतिनिधिलाइ नगरको प्रमुख समस्याको रूपमा रहेको भूमि समस्या दिर्घकालिन रुपमा समधान गर्न र नगरसम्वन्धी हरेक कार्यको सूचना प्रवाह गर्न पनि सुझाव सहित सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। सूचना हक सम्बन्धी ऐन र अधिकारलाई प्रभावकारी तुल्याउन र भूमि आयोगले अगाडि बढाएको काम राम्रो संग सुल्झाउन अनुरोध गरिएको थियो।

यसैगरी, राप्रपा नेपालका तर्फबाट हरेन्द्र खत्रीले नगरवासीलाई आफ्नो सन्तानको रूपमा रहेको अनुभूति हुने गरी काम गर्ने अनुरोध गर्नुभएको भयो भने नेकपा एमालेका नगरअध्यक्ष रमेश दहालले विगतमा अघिल्लो नगर कार्य पारिएकाले सुरु गरेका कामहरूलाई निरन्तरता दिन र सबै नगरवासीको जनमुखी काम गर्न सुझाव दिँदै कार्य सफलताको शुभकामना व्यक्त गर्नुभएको भयो।

नेपाली काँग्रेसका तर्फबाट सभापति रूपनारायण भट्टराई , नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रका नगर उपाध्यक्ष प्रेम ढकाल, नगर विकास समिति अध्यक्ष पर्शु कार्की समेतले सुभकामना मन्तव्य राख्नु भएको थियो।नगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई नगरपालिका संचालन सम्वन्धी ऐन र विनियम वनीसकेकाले कार्यपालिका संचालन गर्न असहज परिस्थिति उत्पन्न नहुने बिश्वास लिनुभएको थियो।

सोहि अवसरमा ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी वेदप्रकाश गौतम सहितको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here