बिर्तामोड–३ मा सुत्केरी महिलालाई पोषण कार्यक्रम सञ्चालन गर्ने: वडाध्यक्ष बुढाथोकी

0
595

बिर्तामोड ।

झापाको बिर्तामोड नगरपालिका–३ भित्रका सुत्केरी महिलालाई पोषणा कार्यक्रम सञ्चालन गरिने भएको छ ।

बिर्तामोड नगरपालिका–३ का वडाध्यक्ष मदन बुढाथोकीले सुत्केरी महिलाहरुलाई १५ सय रुपैंया बराबरको पोषिलो खाद्यन्न प्रदान गर्ने घोषणा गरे । बुधबार वडा कार्यकलायमा पदभार ग्रहण गर्दै वडाध्यक्ष बुढाथोकीले जन्मदर्ता र मृत्यु दर्ता जस्ता काम ३५ दिनभित्रै अनिर्वाय रुपमा गर्न अनुरोध समेत गरे । पदभार ग्रहण लगत्तै वडाको पहिलो निर्णय आमा–बच्चाको स्वास्थ्य प्राथमिकता अन्तरगत पोषणा कार्यक्रम शुरु गरेको जानकारी दिए ।

सबै पार्टीको साथ र सहयोगले मात्रै वडाको विकास सम्भव रहेकाले पार्टीभन्दा माथि रहेर नागरिकको सेवामा सर्मपित हुने उनले प्रतिबद्धता समेत जनाए । वडा कार्यालयमा आएका सेवाग्राहीले आफ्नै कार्यालय जस्तो सम्झेर कानुनी प्रक्रिया पुरा गरेका कुर्नैपनि विषय वडाका नरोकिने बताए । उनले जनप्रतिनिधि शासक नभएर सेवक भएकाले जनताको सेवामा जस्तो सुकै अवस्थामा पनि तल्लिन रहने दृढता ब्यक्त गरे ।

कुनै पनि पार्टी भनेर विभेद नगरिने भन्दै विगतका राम्रा कामलाई निरन्तरता दिनुका साथै परिमार्जन गर्नुपरेमा विज्ञहरुसंगको सल्लाह अनुसार काम गर्ने नवनिर्वाचित वडाध्यक्ष बुढाथोकीले प्रतिबद्धता समेत जनाए । पछिल्लो समय युवापुस्ता कुलतमा फस्दै गएको भन्दै र्दुव्यसन विरुद्धका कार्यक्रमका साथै ज्येष्ठ नागरिकको सम्मान कार्यक्रम समेत सञ्चालन गर्ने उनले बताए । बिर्तामोड–३ का हरेक क्षेत्रमा सामूपातिक रुपमा विकासका कार्यक्रम समेत सञ्चालन गर्ने उनले प्रतिबद्धता जनाए ।

पदभार ग्रहण कार्यक्रममा बिर्तामोड–३ का विभिन्न राजनीतिक दलका प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि, संघ–संस्थाका प्रतिनिधि, कर्मचारी लगायतले बोलेका थिए । उनीहरुले सबै मिलेर विर्तामोड–३ का हरेक विषयमा सहकार्य गरेर अघि बढ्ने सामूहिक प्रतिबद्धता समेत जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here