बिर्तामोडबाट पाँच जना जुवाडे पक्राउ

0
435

बिर्तामोड ।

झापाको बिर्तामोडबाट पाँच जना जुवाडे पक्राउ परेका छन् ।

बिर्तामोड–५ का ३८ बर्षिय डालकुमार राईको घरबाट जुवातास खेल्ने खेलाउने धन्दामा संलग्न राईसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।

कोठामा जुवा जन्य खेल भइरहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले घरधनी राईसहित सोही ठाउँका ४२ बर्षिय ससुहाङ चेम्जोङ , ३६ बर्षिय सञ्जिब घतानी , मेचीनगर २ का ४८ बर्षिय भूपू राई र इलाम सूर्योदय नगरपालिका वडा नं १० का दिलकुमार श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी बसन्त पाठकले जानकारी दिए ।

उनीहरुको साथबाट नगद एक लाख ७४ हजार सात सय ३५ रुपैयाँ, कौडा र तीन बुङ तास समेत प्रहरीले बरामद गरेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here