लागूऔषध सहित दुई जना पक्राउ

0
506

बिराटनगर ।

मोरङको बिराटनगर महानगरपालिका–१५ र तेह्रथुमको लालिगुँरास नगरपालिका–२ स्थितबाट प्रतिवन्धित लागूऔषध सहित दुई जना पक्राउ परेका छन् ।

बिराटनगर–१५ स्थितमा लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारत जोगबनीबाट नेपाल आउदै गरेका इटहरी–६ सुनसरीका २० बर्षीय आस्मिक कार्कीलाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट ४२ मिलिग्राम ब्राउन सुगर बरामद भएको हो ।

यसैगरी इलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बसन्तपुर बजारमा शंकास्पद अवस्थामा हिडिरहेका स्थानिय २४ बर्षीय जोसेफ गुरुङले बोकेको झोला चेकजाँच गर्ने क्रममा ६ ग्राम १०० मिलिग्राम ब्राउनसुगर बरामद भएको हो ।

प्रतिवन्धित लागूऔषधसहित पक्राउ परेका दुवै जनाको थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here