उदयपुर।

उदयपुरको कटारी नगरपालिका–१४ भदौरेमा आज बिहान भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।
सिमेन्ट बोकेर पथलैयाबाट सोलुखुम्बु तर्फ जाँदै गरेको ना ८ ख ८२९७ नम्बरको लोबेड गाडी भदौरे भन्ने स्थानमा आज बिहान राती साँढे २ बजे आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा चालक सिमरा उप–महानगरपालिका–१ का ३३ बर्षीय सुदिप घलान, सोही स्थानका २५ बर्षीय नितेष खड्का, १७ बर्षीय अनुज लामा र ३७ बर्षीय राजन तामाङको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।































