ओशो शिष्य स्वामी आत्म निरभ भन्छनःशान्त र खुशी जीवनका मेडिटेशन अपरिहार्य

0
450

बिर्तामोड, जेठ १७।

ओशो शिष्य स्वामी आत्म निरभले हरेक मानिसले शान्त र खुशीका साथ जीउनका लागि ध्यान (मेडिटेशन) अपरिहार्य भएको बताएका छन् ।
अहिले मानिसको अस्तब्यस्त जीवनशैली, खानपान र विविध समस्याले तनाब, डिप्रेशन, आत्महत्या बढ्दो रहेको र कोभिडपछि यस्तो समस्या झन बढेको उल्लेख गर्दै यसको अग्र्यानिक समाधान ध्यान मात्र भएको दाबी गरे ।
मुख्यतः ध्यानको शारीरिक, मानसिक र आध्यात्मिक लाभ रहेको बताउदै स्वामी आत्म निरभले
यो सबै अहिलेको मानव जीवनमा अति आवश्यक भएको जनाए ।
ओशोले पश्चिमि साइको थेरापीलाई पूर्वको ध्यानसंग जोडेको स्वामी आत्म निरभको भनाइ छ ।
‘ध्यान मानिसको आधारभूत आवश्यकता बन्दैछ र बन्नुपर्छ’– आम मानिसलाई आह्वान गर्दै स्वामी आत्म निरभले भने ‘ध्यानलाई जीवनमा जोडौं, आफ्नो लागि ध्यान गरौं, ध्यान जीवन पद्धति बन्नुपर्छ , शान्त र खुशी जीवनका लागि ध्यानको विकल्प छैन, ध्यान गरेर अनुभव गरौं जीवनको मधुरता ।’

ध्यानले जीवनमा ल्याउने मधुरताबारे ओशोको भनाइलाई स्वामी आनन्द अरुणले जोडदिएको प्रसंग उल्लेख गर्दै स्वामी आत्म निरभले भने–ओशोले भनेका छन् कि जीवनमा एक पटक भएपनि नो माइण्ड मेडिटेशन र मिस्टिक रोज मेडिटेशन गर्नु ।
यो मेडिटेशन मनको अनुशासन र तनाबको बिसर्जनका लागि सरल र शक्तिशाली टेक्निक भएको बताइन्छ ।
ओशो दर्शन र जीवन जीउने कला भएको बताउदै स्वामी आत्म निरभले नेपालमा ओशोको मुख्य आश्रम तपोवन अन्तर्गत एक लाख भन्दा धेरैले सन्यास दिक्षा लिएर ध्यान तथा सत्सँगको जीवन अघि बढाइरहेको उल्लेख गरे । नेपालमा स्वामी आनन्द अरुणको अगुवाईमा ओशो दर्शनमा आधाति जीवन जीउने कलाको प्रवद्र्धन भइरहेको र लाखौं मानिस जोडिएको उनले बताए ।
ओशो दर्शन अहिलेका मानवका लागि अत्यन्त उपयोगी भएको भन्दै उनले यो दर्शन हरेक मानिसमा पुर्याउन जरुरी भएको बताए ।

सन्यासबारे नयाँ धारणा र वैज्ञानिक अभ्यास ओशोले नै सुरु गरेको बताउदै उनले भने– सन्यासी हुनु भनेको नयाँ जीवन पाउनु वा पुनर्जन्म लिनु हो । स्वामी आत्म निरभको भनाइ छ– ओशोको नजरमा सन्यासी त्यो हो जो आफ्नो घर–संसार, पत्नी तथा बच्चाको साथ रहेर पारिवारिक, सामाजिक जिम्मेवारिहरूको निर्वाह गर्दै ध्यान तथा सत्सँगको जीवन जिउँदछ ।
आध्यात्मिक क्षेत्रमा गरेको योगदानका आधारमा शान्तिका लागि ओशोलाई नोवेल पुरस्कार दिनुपर्नेमा उनको जोड छ ।

ओशो डिभाइन डोर्सको आयोजनामा सञ्चालित तीन दिने ओशो ध्यान शिविर (डाइनामिक मेडिटेशन)का क्रममा स्वामी आत्म निरभले पूर्वाञ्चलकर्मीसंगको कुराकानीमा त्यस्तो बताएका हुन् ।

देशका करिब दर्जन ठाउँमा ओशो आश्रम भएको बताइएको छ ।

स्वामी आत्म निरभ ओशो ध्यान शिविरका अन्तर्राष्ट्रिय प्रशिक्षक हुन् । चीन लगायतका देशमा उनले शिविरको सहजीकरण गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here