एक महिनामा बीस वटा गर्भपतन सेवा

४ कार्तिक २०७१, मंगलवार मा प्रकाशित

purwanchalविराटनगर, कात्तिक ४ । कोसी अञ्चल अस्पताल विराटनगरले नया“ भवनबाट व्यवस्थित रूपमा एक महिनामा २० वटा गर्भपतन सेवा सेवा दिएको छ । बाल समाज नेपालद्वारा सोमबार यहाँ आयोजित छलफल कार्यक्रममा अस्पतालले सो जानकारी दिएको हो ।

अस्पतालले दक्ष जनशक्तिद्वारा सुरक्षित र व्यवस्थित रूपमा विगत एक महिनामा २० वटा गर्भपतन सेवा दिइसकेको जनाएको छ । विभिन्न कारणले अनिच्छित गर्भ रहेकालाई हाल अस्पतालले औषधिबाहेक १२ हप्ताभन्दा मुनिको रु एक हजार र १२ हप्ताभन्दा माथिको रु तीन हजार लिएर गर्भपतन सेवा गरिने जानकारी दिएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here