‘दिपिका’ भर्सेज ‘शिल्पा’

0
1252

झापा, कात्तिक ४ । आउदो शुक्रबार नेपाली दर्शकका लागि विशेष हुन सक्छ । कारण लक्ष्मी पुजाका दिन नेपालमा बलिउड र कलिउडका दुई दमदारे चलचित्र रिलिज हुदैछन् । बलिउड शाहरुख खान र दिपिका पादुकोण अभिनित चलचित्र ‘ह्याप्पी न्यू ईएर’ र कलिउड आर्यन सिग्देल र शिल्पा पोख्रेल अभिनित ‘लज्जा’ भिड्ने भए पछि नेपाली दर्शकका लागि फिल्म हेर्ने समय धेरै निकाल्नु पर्ने स्थिती देखा परेको छ । नेपालमा शाहरुख र दीपीकाको फ्यान जति छन् । त्यो संग दाज्न मिल्ने आर्यनका पनि फ्यान छ । व्राण्डको हिसावमा हेर्ने हो भने निर्माता छविराज ओझा पनि दर्शकका लागि रोजाईका निर्माता हुन् ।

अझ बढी रेखासंगको सम्बन्ध समाप्त पछि भित्रीएकी शिल्पाको अभिनय हेर्नका लागि भए पनि ‘लज्जा’को दर्शक बढ्ने आकलन गर्न सकिन्छ । शिल्पाको डेव्यु चलचित्र ‘लज्जा’लाई म्युजिक भिडियोबाट फ्यान बनेको दर्शक पनि हेर्न अवस्य आउनेछन् । त्यसोत नवल नेपाल निर्देशत ‘लज्जा’को माउथ पब्लिसिटमा पनि केही कमी छैन् । यसर्थ हरेक तवरबाट आशाकी केन्द्र बनेकी ‘लज्जा’ नायिकाले निर्माण पक्ष र उनको नाम लिएर गुणगान गाउनेको ईज्जत कत्तिको राख्छिन र आफ्नो फिल्मि करियरलाई कता डोर्याउछीन त्यो हेर्नलाई अब धेरै दिन बाकी छैन् ।

तैपनि बलिउड विग व्यानरको फिल्म संग टक्कर लिन सक्नु मात्र ठुलो काम होईन । ‘ह्याप्पी न्यू ईएर’लाई रिप्लेस गर्ने वातारण सिर्जना हुन सक्छ कि सक्दैन त्यो ठुलो कुरा हो । स्मरण रहोस पछिल्ला केही नेपाली सिनेमाले केही हदसम्म भए पनि हिन्दि सिनेमालाई पाखा लगाउने काम गरेका छन् । हाम्रो शुभकामना ‘लज्जा’को पनि शुभ समाचार सुन्न पाईयोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here