विकासको काम थालनी गरिने

४ कार्तिक २०७१, मंगलवार मा प्रकाशित

बिर्तामोड  कात्तिक  ४ । झापाको विर्तामोड नगरपालिकाको भौतिक विकासको काम थालनी गरेको नगरपालिकाले जनाएको छ ।
विभिन्न चुनौतिको सामना गर्नुपर्ने भएकाले काम विस्तारै अघि बढाइने नगरपालिकाका कार्यकारी अधिकृत रविन्द्रचन्द्र वस्तीले जानकारी दिए ।

 

_DSC1174 copyनगरपालिकाले अल्पकालिन र दीर्घकालिन दुईखाले व्यवस्थापनमा जुटेको पत्रकार भेटघाटमा वस्तीले जानकारी दिए । उनले कार्यक्रममा वोल्दै  सुरुमा फोहोरमैलाको व्यवस्थापनमा जुटेको बताए ।  फुटपाथको व्यवस्थापन र ट्राफिक व्यवस्थापन गर्दै सडक तथा छेउको नालाको उचित व्यवस्थापन गर्न जनताको आग्रह रहेको वस्तीको भनाई थियो । ठूला सडक र नाला छैन उनले भने –‘अलीअली केही कामको सुरु भएजस्तो मात्रै छ यसलाई निरन्तरता दिइने योजनामा छौ ।’ जनताको इच्छा–आकांक्षा पूरा गर्ने किसिमको काम नभएकाले सडक ढल निकासको कामलाई अघि बढाइने जनाएको छ ।
त्यसैगरी यो वर्ष नगरपालिका कार्यालयको भौतिक अभाव रहेकाले जनताको समस्या समाधान गर्दै कार्यालय भवन निर्माण गर्ने जनाएको छ । त्यसका लागि नेपाल सरकारको भौतिक निर्माण मन्त्रालयबाट १ करोड रुपैयाँ विनियोजन भइसकेको वस्तीले जानकारी दिए । त्यसैगरी दमकल खरिदका लागि नगरपालिकामा ६० लाख र ट्रिपर खरिदका लागि ३३ लाख विनियोजन भइसकेको समेत कार्यकारी अधिकृत वस्तीले जानकारी दिए । कायक्रमको सम्मेलनको नगरपालिकाका कर्मचारी मेघराज वास्तोलाले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here