छविराज ढकाल
पथरीशनिश्चरे,
नवनिर्वाचित मेयर, उपमेयर तथा वडाध्यक्ष लगायतका जनप्रतिनिधिको लागि पथरीशनिश्चरे प्याव्सन नगर कमिटीले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।
आज सोमबार अपरान्ह चार बजे निजी तथा संस्थागत विद्यालयहरूको छाता संगठन ९ प्याव्सन० पथरीशनिश्चरे नगर कमिटीले आयोजना गरेको कार्यक्रममा पथरीशनिश्चरे नगरका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना प्रदान गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका नगर प्रमुख मोहन तुम्वापोले निजी तथा संस्थागत विद्यालयहरूले भोगेका समस्या समाधानका लागि पथरीशनिश्चरे नगरको स्थानीय तहको सरकारले आगामी आइतबार देखि ूआईतबार ूदिनमा पनि विद्यालयमा शैक्षिक पठनपाठनको कार्य संचालन हुने गरि आज सोमबार सम्पन्न नगरपालिकाले बैठकले गरेको जानकारी दिनुभयो। सोहि अवसरमा निजी विद्यालयका समस्याको समाधानका लागि प्रयास गर्ने पनि प्रतिबद्धता जाहेर गर्नुभएको थियो।
उक्त अवसरमा नगरकी उप (प्रमुख देविमाया काफ्ले तथा वडाध्यक्ष हरू क्रमशः वडा नं १ का भीम राई, २ नं वडाका वडाध्यक्ष नैनसिंह राई, ४ नं वडाका वडाध्यक्ष लोकनाथ कोइराला, वडा नं ७ का वडाध्यक्ष उद्धव राज बस्नेत, वडा नं ८ का वडाध्यक्ष नवीन कार्की,१० नं वडाका वडाध्यक्ष जीवन खतिवडा, लगायतका जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना प्रदान गरिएको थियो।
कार्यक्रममा नगर प्याव्सन सल्लाहकार नवोलकिशोर खनालले ूशुल्क निर्धारण तथा हप्तामा दुई दिने सार्वजनिक विदा दिनेबारे व्यवहारिक र न्योयोचित निर्णय भए हुन्थ्योू भन्नु भयो। सोहि कार्यक्रममा जनप्रतिनिधिहरुको तर्फबाट वडाध्यक्ष भीम राईले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रम आयोजना गरेकोमा आभार प्रकट गर्दै नगर प्याव्सन अन्तर्गतका विद्यालयहरूले पुर्याएको योगदान प्रशंसा गर्नुभयो भने वडा नं ४ का लोक किरण न्यौपानेले समेत निजी तथा संस्थागत विद्यालयहरूले शिक्षा प्रदान गर्न ठुलो योगदान पुर्याएको भन्दै नगरको शिक्षाको गुणस्तर सुधारका निम्ति लागि पर्ने बताउनु भयो।
नगर कार्य समितिका अध्यक्ष सुरेन्द्र लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा मोरङ जिल्ला प्याव्सनका सदस्य राजु तिमिल्सिना , नगर प्याव्सन सल्लाहकार नवोलकिशोर खनाल तथा टिका दंगाल , शिक्षा तथा खेलकुद शाखाका प्रमुख शालिकराम काफ्ले, पथरीशनिश्चरेका प्रमुख डिएसपी वेदप्रसाद गौतम लगायतको उपस्थिति रहेको उक्त कार्यक्रमको संचालन नगर कमिटीका सचिव सन्तोष बस्नेतले संचालन गर्नुभएको थियो।
सोहि क्रममा, नगरक्षेत्रलाई कार्यक्षेत्र बनाई अहिलेसम्म आठ ऐतिहासिक तथा पर्यटकीय महत्वका विषयमा पुस्तकहरू प्रकाशित गर्दै आउनु हुने पथरीशनिश्चरे (१ स्थित स्थायी बसोबास गर्दै आएका लेखक तथा पुस्तकाकार दिपेन्द्र तिमिल्सिनालाई पुरस्कार तथा सम्मान गरिएको थियो।
निकट भविष्यमै उनले मोरङ्ग जिल्लाका २०१५ देखि निर्वाचित जनप्रतिनिधिको ईतिहास सहित विस २०७९ मा नवनिर्वाचित जनप्रतिनिधिहरुको जीवनी उल्लेख गरिएको अर्को पुस्तक ू मोरङका जनप्रतिनिधि संगालो ु प्रकाशन गर्ने तयारी गरिरहेका छन् ।






























