छठ: पवित्र पावन पर्व

0
701

भारतका सुप्रसिद्ध कवि रामधाSangita copyरीप्रसाद सिंह ‘दिनकर’ ले आफ्नो पुस्तक ‘संस्कृतिको चार अध्याय’ मा लेखेका छन् ‘संस्कृति जीवनको एउटा तरिका हो, जुन शताब्दीयौेंदेखि जम्मा भएर समाजमा व्याप्त रहन्छ । छठ पनि यस्तै पर्व हो, जसले मैथिली संस्कृति र समग्रमा मधेशी संस्कृतिको जीवन पद्धति र विशिष्टतालाई प्रतिविम्वित गर्छ । सनातन धर्ममा विश्वास गर्ने मधेशीहरुका लागि यो पर्व अरु पर्व भन्दा पृथक, कठिन र फलदायी मानिन्छ । चारदिनसम्म मनाइने यो पर्व मुख्यत: दुई दिनमा केन्द्रित हुन्छ । दीपावलीको छ दिनपछि कात्तिक शुक्ल षष्ठिका दिन मनाइने हुादा यसलाई छठ भनिएको हो, कतै–कतै यो चाडलाई छैठ, छैइठ, छठी पर्व पनि भनिन्छ ।
हिन्दु धर्म, संस्कृतिमा दर्शनमा अनेकौं सांस्कृतिक र धार्मिक पर्वहरु मनाइने चलन छ, त्यही विविधता भित्र छठ पर्व पनि पर्दछ । सूर्यको उपासना गर्दै उदाउादो र अस्ताउादो सूर्यलाई अध्र्य दिएर मनाउने यो पर्व प्रकृति पूजाको अनुपम उदाहरण हो । सूर्यलाई आदि देउता पनि भनिन्छ, मानव मात्रको अस्तित्वपछि उसलाई सर्वप्रथम उज्यालो दिने, जीउमा गर्मी उत्पन्न गर्ने, रोग व्याधिबाट जोगाउने सूर्य देउता नै थिए । त्यसकारण नै मानिस सूर्यप्रति आकर्षित भएर सूर्य आराधनाको क्रम शुरु भयो । सूर्य महिमाको वर्णन सबै धर्म र ग्रन्थमा छ । सूर्योपनिषदमा सूर्यलाई नै ब्रम्हाको साकार रुप बताइएको छ । महाभारत ग्रन्थमा द्रौपदीसहित पाण्डव अज्ञातवासमा रहादा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेको कुरा उल्लेख छ । उक्त समयमा पाण्डव मिथिलाको विराट राजाका क्षेत्रमा बास बसेकाले सोही समयदेखि छठ मनाउने परम्पराको शुरुवात भएको हो । सूर्य पुराण अनुसार सर्वप्रथम अत्रिमुनीकी पत्नी अनुसुयाले छठ ब्रत गरेकी थिइन् । फलस्वरुप उनले अटल सौभाग्य र पति प्रेम प्राप्त गरिन । त्यस्तै, साम्व पुराण अनुसार आफ्नै पिता श्री कृष्ण तथा महर्षि र्दुवाषाको श्रापबाट कुष्टरोगबाट पीडित साम्व सूर्य उपासनाको कारणले रोगमुक्त भएका थिए । नि:सन्तान महिलालाई सन्तान प्राप्ति र असाध्य रोगबाट मुक्तिको निमित्त पनि महिलाहरुले छठ पर्व लिने गर्छन् । धार्मिक कथामा कति सत्यता छ, त्यो मानिसको विश्वासमा भरपर्छ तर यस पर्वमा जीव र जगत एकाकर हुन जान्छ, मानिस र प्रकृति दुबैको शक्ति मिलेर एउटा नयाा उर्जा र ओजले यस पर्वको महिमालाई अझ बलियो बनाउाछ । यस पर्वको प्रभावले मानिसको घर परिवारमा सुख, समृद्धि, अरोग्य, निरोग्य र सन्ततिको सुख प्राप्त हुन्छ, यस्तो जनविश्वासले मधेशीहरुसागै अरुले पनि यो चाड मनाउन थालेका हुन् । सूर्यको महिमालाई मानिस मात्र होइन, बैज्ञानिक र ज्योतिषहरुले पनि महत्व बुझेका छन् । चार दिनसम्म मनाइने यो चाड चतुर्थीको दिनदेखि शुरु हुन्छ । पहिलो दिनलाई अरबा–अरबाइन वा नहान–खान भनिन्छ । पञ्चमीका दिनलाई खरना (पाप–क्षय) भनिन्छ । ब्रतालुहरु दिनभरी उपवास बसेर बेलुका चन्द्रउदयपछि कोलाको पातमा रोटी, सखरबाट पकाएको खीर खान्छन् । पूजा कोठामा गाईको गोबर लिपपोत गरेर चामलको पिठोबाट तैयार गरिएको झोलले भूमि सुशोभित गरेर ब्रतीले चन्द्रोदयपछि  चन्द्रमालाई भोग लगाएर प्रसादको रुपमा ग्रहण गर्ने गर्छन् ।
षष्ठीको दिन अर्थात तेस्रो दिन गहुा र चामल ओखल, जाातो वा ढिकीमा कुटान–पिसान गरी पिठोबाट ठेकुवा, भुसुवा प्रसाद तैयार हुन्छ । छठ पूजाको सामग्री तैयार गर्दा विशेष चोखोनितोमा ध्यान दिनु पर्दछ । पूजा सामग्री, चोखो र शुद्ध हुनुपर्छ । जुठो हुन गएमा अनिष्ठ हुने जनविश्वास छ । पूजा सामग्री जुठो भएमा चर्मरोग हुने डर हुन्छ । छठ पर्वको गीतमा पनि उल्लेख छ –
‘केरवा जे फरल घउरसे वोहि पर सुगा–मडराय,
मारवौ रे सुगुवा धनुषसे सुगा गिरे मुरझाय …
छठी मातालाई चढाउने केरा सुगा वा अन्य कुनै पशु पन्छीले नखाउन भनेर गीतबाटै सचेत गरिएको छ । सोही दिन अन्न बाहेक फलफूल, ठेकुवा, भुसुवा, खजुरी, मूला, गाजर, बेसारको गााठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, सुठनी सामग्रीहरु बाासबाट बनाएको सूप वा नाङ्लोमा राखेर छठी मातालाई अग्र्य दिन तयार गरिन्छ । डालामा पूजा सामग्री राखेर बाजा–गाजाको साथ घरका मूल मानिसले डाला टाउकोमा राखेर परिवारजनका साथ घाटसम्म जान्छन् । नदीमा ब्रतालु पसेर स्नान गरेर आस्ताउादो सूर्यलाई अग्र्य दिन्छन । पर्वको चौथो दिनलाई घोरियाघाट भन्छन् । कसै–कसैले पारण पनि भन्छन् । यस दिन उदाउादो सूर्यलाई अग्र्य दिनु भन्दा अगाडि ब्रती पुन: जलाशयमा गएर अघिल्लो दिन गरेको क्रमलाई दोहोर्‍याई प्रात:कालीन उदाउादो सूर्यलाई अग्र्य दिई पर्वको समापन गरिन्छ ।
Chhat copyछठ पर्व मनाउने भाकल पूरा गर्न सम्पन्न–विपन्न सबै वर्गले ब्रत गर्छन् । हुन त यस चाडमा ७० वटा सामग्री चाहिन्छ तर नभएको खण्डमा भिक्षा मागेर भएपनि यथायोग्य पूजा गर्नुपर्ने विधान छ । अछुत मानिएको डोम ( डुम) जातिबाट तैयार गरिएको ढकनी, नाङ्लो, डालामा पूजा सामग्री राखेर पूजा गर्ने यो चाडको विशेषता हो । धनी–गरीब, ऊच–निच, जात–पातको भावनाबाट अलग्ग रहेर सामाजिक सद्भावको पर्वको रुपमा यस चाडको मान्यता छ ।
छठ एक किसिमले तराईको दशैं हो, दशैंमा लुगा, फाटा नकिनेको मानिस छठमा नयाा लुगा लगाउाछन् । टाढा–टाढा बसेको मानिसहरु पर्वमा आफ्नो घर आएर आफ्नो आमाको हातबाट टीका ग्रहण गरेर प्रसाद लिने परम्परा छ । यस चाडको प्रतिक्षा बुढादेखि लिएर बालबालिका सबैले गर्छन् । सूर्यमा रक्तिम आभा लामो लाम पानीमा उभिएर प्रार्थनामा जोडिएको पंक्तिबद्ध हातहरु ब्रतालुहरुको उज्यालो मुखकृति सहितको अभिभूत दृष्यले मानिसलाई भावविभोर बनाई दिन्छ । मधेशीहरुको यस चाडले पर्वतीय समुदायलाई पनि आकर्षित गरेको छ । मैथिलीहरुको श्रद्धा र विश्वास देखेर यो पर्व मान्नेको संख्या दिन प्रतिदिन बढ्दै छ । ब्रत नराख्नेले ब्रतालुलाई पूजाको सामग्री र पैसा दिएर यो चाडप्रति आस्था जनाउाछन् ।
प्रकृतिसाग मानिसको अभिन्न सम्बन्ध रहेको, प्रकृतिको मानवमाथि असिम कृपा रहेकाले प्रकृतिको ज्ञात–अज्ञात शक्ति पाउन प्रकृतिको श्रद्धा–पूजा हो छठ । प्रकृतिको सर्वोच्च उपहार सूर्यले हाम्रो जीवनलाई गतिवान तुल्याएको छ । नदीले जल सिञ्चन गरेर पृथ्वीलाई हरियालीपूर्ण पारेको छ । अन्नले हामीलाई पोषित गरेको छ । यस्तो आधार रुपी प्रकृतिको पूजा गर्नु हाम्रो दायित्व हो । त्यस्तै सांस्कृतिक विविधता र सांस्कृतिक एकताको थलो पनि छठ बन्दै गएको छ । यस पर्वले पहाड र तराईका मानिसलाई नजिक ल्याउने भूमिका निर्वाह गरेको अनुभूति आम नेपालीले अनुभव गरेका छन् । छठ पर्वको पावन अवसरमा सबैको कल्याण छठी माताले गरुन्, छठी माताकी जय होस् ।
कबलनभभतबचबगलष्थबच२नmबष्।िअयm

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here