धुर्मुस र माग्ने बुढो भन्दै झुक्याउदा ……

0
1072

चकचकी, कात्तिक १५ । indexचकचकी गाविमा लागाईएको काली पूजा मेलामा ठगीगर्ने एक व्यक्तिलाई प्रहरी पक्राउ गरेपनि मिलेमत्तोमा छाडेको स्थानीयले आरोप लगाएका छन् ।
गत कात्तिक ६ गतेदेखि ११ गतेसम्म लागाइएको काली पूजा मेलामा माग्ने बुढो (केदार घिमिरे) र धुर्मुस (सिताराम कट्टेल) ल्याउने भन्दै स्थानीयबाट मोटो रकम असुली नक्कली माग्ने वुढो र धुर्मुस ल्याउने गणेश राउतलाई प्रहरीले पक्राउ गरेपनि मिलेमत्तोमा छाडेको स्थानीयको आरोप छ । मेलामा नक्कली कलाकार ल्याएर आफूहरुलाई ठगी गरेको बताउदै स्थानीयले गत कात्तिक ११ गते  विरोध जनाउदै आफूहरुको रकम फिर्ता गर्न मागगरेपछि प्रहरीले राउतलाई नियन्त्रणमा लिएको थियो ।  तर आफूहरुको रकम फिर्ता नगरी प्रहरीले राउतलाई छाडेको स्थानीयको आरोप छ ।
यता राउतले भने आफूले पूर्वेली धुर्मुस र माग्ने बुढो ल्याएर दर्शक समक्ष कला प्रस्तुत गर्ने क्रममा उनीहरुले विरोध जनाएपछि केही मानिसको रकम फिर्ता गरेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here