मधेसी आयोगका अध्यक्षद्वारा नेपाल–भारत सीमाको निरीक्षण

७ असार २०७९, मंगलवार मा प्रकाशित

काठमाण्डौं ।

मधेसी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लामा रहेको मर्यादपुर स्थित नेपाल–भारत सीमाको निरीक्षण गरेका छन् ।

अध्यक्ष डा.दत्तले त्यहाँका स्थानीय बासिन्दाहरूसँग त्यहाँ रहेका समस्याहरूको बारेमा समेत जानकारी लिएका छन् ।निरीक्षणको क्रममा अध्यक्ष डा.दत्तलाई स्थानीय बासिन्दाहरूले मलको समस्या मुख्य रहेको बताएका छन् ।

सो निरीक्षणमा यशोधारा गाउँपालिकाका अध्यक्ष, वडा अध्यक्षहरू, सुरक्षाकर्मी लगायतले अध्यक्ष डा.दत्तलाई समग्र वस्तुस्थितिको बारेमा जानकारी गराएका छन् ।

अध्यक्ष डा.दत्तले सीमामा जनतालाई समस्या हुन नदिन तथा गलत क्रियाकलापमा रोक लगाउन स्थानीय सुरक्षा निकायलाई निर्देशन दिए ।सो निरीक्षणमा आयोगको सदस्य विजय गुप्ताको पनि उपस्थिति रहेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here