मृगौला पीडितलाई आर्थिक सहयोग

१४ असार २०७९, मंगलवार मा प्रकाशित

बिर्तामोड।

झापाको बिर्तामोड–२ निवासी सविता उप्रेतीलाई बाह्रदशी जेसीजले आर्थिक सहयोग गरेको छ ।

उप्रतीको मृगौलामा समस्या देखिएपछि उपचार भइरहेको र उपचार गराउन समेत खर्च अभाव भएसंगै बाह्रदशी जेसीजले आर्थिक सहयोग गरेको बताइएको छ । बाह्रदशी जेसीजका अध्यक्ष पुष्पलाल धमलाको अध्यक्षतामा आयोजित कार्यक्रमकाबीच रकम हस्तान्तरण गरिएको थियो ।

सो समारोहमा अध्यक्ष धमलासहित जेसीजका महासचिव टंक कार्की र कार्यकारिणी उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेती लगायतले सविताको स्वास्थ्यलाभको कामना गर्दै सहयोग रकम हस्तान्तरण गरेका थिए ।

परिवारका चार जनालाई नै मृगौलामा समस्या देखिएपछि उपचारमा समस्या भएको थाहा पाएसंगै बाह्रदशी जेसीजले ४५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको कार्यकारिणी उपाध्यक्ष उप्रेतीले बताए । सविताका वुवा नारद उप्रेतीको मृगौलामा समस्या देखिएर यसअघि नै निधन भएको बताइएको छ ।

त्यस्तै सविता र उनकी दिदी तथा उनका दाजु हिमालको समेत मृगौलामा समस्या देखिएको बताइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here