बिर्तामोड ।

जगदम्बा मोटर्स कम्पनीले १० उत्कृष्ट डिलरहरुमार्फत टीभीएस अपाचे आरटीआर १६० फोर भी आरटीएफआई मोटरसाइकल बजारमा ल्याएको छ ।
१० उत्कृष्ट डिलरमध्येको एक बिर्तामोडस्थित पाथीभरा अटो लिंकले एक कार्यक्रमकाबीच नयाँ प्रविधि जडित उक्त मोटरसाइकल सार्वजनिक गरेको छ ।
पाथीभरा अटो लिंकमा आयोजित कार्यक्रमकाबीच उद्योग बाणिज्य संघ विर्तामोडका बरिष्ठ उपाध्यक्ष एवम् प्रमुख अतिथि राजु न्यौपाने, नेपाल प्रेस युनियन झापा शाखाका अध्यक्ष तथा विशेष अतिथि इन्दु पूर्वेलीले संयुक्त रुपमा मोटरसाइकल सार्वजनिक गरेका हुन् ।
५० देखि ५२ किलोमिटरसम्म माइलेज दिने उक्त मोटरसाइकलमा थ्री राइड मोडहरु (रेन अर्वन र स्पोर्ट) जस्तावर्गकै पहिलो र उत्कृष्ट फिचरहरु रहेको जगदम्बा मोटर्सका रिजनल म्यानेजर तीर्थ रिजालले जानकारी दिए ।
पाथीभरा अटो लिंकका प्रोपाइटर याम कार्कीले उत्कृष्ट फिचरहरुले भरिपूर्ण उक्त मोटरसाइकलमा मोवाइल जडान गर्न सकिने र त्यसमार्फत आफ्नो गन्तव्यको लोकेशन तथा गाडीको सुरक्षा समेत गर्न सकिने जानकारी दिए ।
भारतीय मोटर कम्पनी टीभीएसको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोट्र्सले नेपालमा १३७ वटा डिलर २००भन्दा बढी सेवा तथा स्पेयर्स पार्टस स्टेशनहरुको राष्ट्रव्यापी सञ्जाल बनाएको पाथीभरा अटो लिंकका सेल्स मेन सुदीप पाठकले जानकारी दिए ।






























