वंशल परिवारमा शोक

0
541

झापा, झापाको बिर्तामोड नगरपालिका ५ निवासी कस्तुरी देवी वंशलको निधन भएको छ । मारवाडी सेवा समितिका सदस्य तथा बिर्तामोडका पुराना वासिन्दा बंशलको ८५ वर्षको उमेरमा निधन भएको हो ।


सामाजिक सेवामा समेत सक्रय वंशलका श्रीराम विलास वंशल हरेका छन् । त्यस्तै छोराहरु हरि किशन वंशल, स्वा. सज्जन वंशल, राम अवतार वंशल, राजु वंशल, स्व. रतन वंशल, मनोव वंशल रहेका छन् । एक छोरी मिना अग्रवाल रहेकी छन् । मारवाडी सेवा समितिमा लामो समयदेखि क्रियाशील वंशल परिवारका सदस्य अभिषेक वंशल मारवाडी युवा मञ्चको कार्य समिति सदस्य रहेका छन् ।
स्व ंवंशलको मंगलावार कनकाई माइमा अन्त्येष्ठी गरिएको पारिवारिक श्रोतले जनाएको छ ।
यसैबीच वंशलको निधनसंगै मारवाडी सेवा समिति बिर्तामोडले समवेदना व्यक्त गर्दै सिङ्गो मारवाडी समुदाय मर्महात र स्तब्ध बनेको जनाएको छ । समाजका अध्यक्ष पवन खेडिया र सचिव दिपेन्द्र मित्तलले शोक विज्ञप्ति जारी गर्दै दुःखको क्षणमा रहेका वंशल परिवारमा समवेदना व्यक्त गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here