उमानाथ भण्डारी,
कमल ।

लगातारको वर्षा सगै आएको बढी बाट क्षति हुन नदिनकालागी झापाको कमल गाउँपालिकाले विभिन्न ठाउँमा बाँस को पाईलिङ लगाएको छ ।
गाउँपालिकाले वडा नम्वर ५ स्थित रतुवा खोलामा आएको बढीलाई नियन्त्रण गर्नकालागी १० लाख रुपैया खर्चेर पाईलिङको निर्माणको काम सम्पन्न गरेको छ ।
त्यस्तै वडा नम्वर ५ कै चाँजु खोलामा आएको बाढीलाई नियन्त्रण गरी स्थानियलाई बाढी बाट हुने क्षती बाट जोगाउनकालागी २ लाख रुपैया खचेर पाईलिङ लगाउने काम सम्पन्न भएको छ ।

कमल खोलामा वर्षेनी बाढी आउने र त्यसबाट ठुलो मात्रमा क्षती हुने गरकोले त्यसबाट जोगाउनकालागी यस बर्ष समयमै वडा नम्वर २ को सुनारामा ५ लाख रुपैयाको पाईलिङको का सम्पन्न गरिसकेको गाउँपालिकाका ईन्जिनियर सागर यादवले जनाकारी दिनुभयो ।

त्यसैगरी वडा नम्वर ३ सानो केर्खामा पाईलिङ को निर्माणको काम धमाधम भइरहेको छ भने वडा नम्वर ३ र ४ को सिमानामा पर्ने ढ्याग्रे खोलामा समेत बाढीलाई नियन्त्रण गर्नकालागी पाईलिङको काम भैरहेको छ त्यस्तै वडा नम्वर १ सरङ्गपाडा पुर्व कमल खोलामा समेत पाईलिङको काम भइरहेको यादवले बताउनुभयो ।






























