दमकबाट ब्राउन सुगरसहित तीन जना पक्राउ

१४ असार २०७९, मंगलवार मा प्रकाशित

झापा।

झापाको दमक नगरपालिका ५ गोर्खाली टोलबाट लागूऔषध ब्राउन सुगर सहित तीन जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सोही स्थान बस्ने २६ बर्षीय प्रकाश राई २६ बर्षीय प्रवेश राई र ३० बर्षीय भानुभक्त सुन्दास रहेका छन् ।

प्रकाश राईको घरमा ब्राउन सुगरको कारोबार भईरहेको छ भन्ने सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटि गई उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट डिजिटल तराजु सहित लागूऔषध ब्राउन सुगर २१ ग्राम ५९० मिलिग्राम बरामद गरिएको छ ।

पक्राउ परेका तीनै जना उपर इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here