अर्जुनधारा ।

दलित समुदायले अँगाल्दै आएको परम्परागत पेशालाई प्रबद्र्धन गरी उनीहरुलाई व्यावसायिक बनाउने उद्देश्यले अर्जुनधारा नगरपालिकाले मंगलबार एक कार्यक्रमकोबीच सामग्री वितरण गरेको छ ।
चालु आर्थिक वर्ष ०७८÷०७९को लक्षित कार्यक्रमको बजेटमार्फत् ११ थान सिलाई मेसिन, ११ थान आरन र ३ थान जुत्ता सिलाउने मेसिन निःशुल्क वितरण गरिएको नगर सामाजिक विकास शाखाका प्रमुख राजविक्रम खड्काले जानकारी दिए ।
प्रमुख खड्काका अनुसार नगरस्तरिय दलित समन्वय उपभोक्ता समितिबाट छनौट भई सबै वडा समितिबाट सिफारिस भएका लाभग्राहीहरुलाई उक्त सामग्री वितरण गरिएको हो ।
शाखाले दिएको जानकारी अनुसार सिलाई मेसिन प्राप्त गर्ने लाभग्राहीहरुमा अर्जुनधारा–१ की सृजना परियार, २ का खड्गप्रसाद दर्जी, ३ की सुमित्रा दर्जी, ४ का दलबहादुर दियाली, ५ की दुर्गा परियार, ६ की गोमा दर्नाल, ७ की कलामाया दर्जी, ८ की सावित्रा विश्वकर्मा, ९ की सरिता परियार, १० की मुना शिवा र ११ की अनिता सार्की रहेका छन् ।

त्यसैगरी आरन प्राप्त गर्ने लाभग्राहीहरुमा अर्जुनधारा–१का भक्तबहादुर विश्वकर्मा, २ का हरिबहादुर विश्वकर्मा, ३ का सोमबहादुर कामी, ४ का टेकबहादुर विश्वकर्मा, ५ का लीलाबहादुर विश्वकर्मा, ६ का सन्ते कामी, ७ का मदनकुमार रसाइली, ८ का धनबहादुर विश्वकर्मा, ९ का बमबहादुर विश्वकर्मा, १० का मेगराज विश्वकर्मा र ११ का बलबहादुर बराइली रहेका छन् ।
त्यस्तै जुत्ता सिलाउने मेसिन प्राप्त गर्नेमा साविक खुदुनावारी हाल अर्जुनधारा–३का हस्तबहादुर सार्की, साविक अर्जुनधारा हाल अर्जुनधरा–४ का अमृत रम्तेल र साविक शनिश्चरे हाल अर्जुनधारा–११का भीमबहादुर सार्की रहेका छन् ।
नगर प्रमुख बलदेवसिंह गोम्देनको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख गोम्देन, उपप्रमुख खड्गमाया पराजुली, सामाजिक विकास समितिका संयोजक कौशिलाल परियार “भोला”, प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईलगायतले उक्त सामग्रीहरु हस्तान्तरण गरेका थिए । कार्यक्रमको सञ्चालन शाखा प्रमुख खड्काले गरेका थिए ।






























