सुरुङ्गा ।

केही दिनको अन्तरालमा झापाको पुरानो सदरमुकाम झापा गाउँपालिकामा उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्श गठन गरिएका छन् । स्थानीय व्यवसायी ठोमनाथ नेपाल (सन्तोष) को अध्यक्षतामा १७ सदस्यीय झापा उद्योग वाणिज्य संघ तदर्थ समिति गठन गरिएको छ ।
समितिको क्रममा वरिष्ठ उपाध्यक्षमा मनोजकुमार गणेश, वाणिज्य उपाध्यक्षमा छत्र पाण्डे, उद्योग उपाध्यक्षमा बसुन्धरा थपलिया, महासचिवमा भविन्द्र भण्डारी, उद्योग सचिवमा मनोज खत्री, वाणिज्य सचिवमा लालबहादुर कार्की, कोषाध्यक्षमा विकास अग्रवाल रहेका छन् ।
सदस्यहरूमा प्रदीप दास,ओमप्रकाश गणेश, प्रेमसागर मण्डल, गुलावर मियाँ,सुशीलराज जोशी, मनोजकुमार राजवंशी, हुमादेवी कार्की, मनोजकुमार विष्ट र राम कृपाल गणेश चयन भएका छन् । झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको थियो । यस अघि उक्त क्षेत्रका उद्योगी व्यावसायीहरू कनकाई उद्योग वाणिज्य संघमा आबद्ध रहँदै आएका थिए ।
केही समय अघि झापा गाउँपालिकाका व्यवसायीयहरूको अग्रसरतामा चेम्बर अफ कमर्श झापा गाउँपालिका समिति गठन भएको छ । व्यवसायीहरुको आम भेलाबाट अग्रज व्यवसायी राजेन्द्रप्रसाद अग्रवाल (राजु) को अध्यक्षतामा झापा गाउँपालिका स्तरीय चेम्बर अफ कमर्श सर्वसम्मत रूपमा गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा लक्ष्मी गणेश र सचित्र वर्मन, सचिवमा मोहन मिश्र, सहसचिवमा पशुपति गणेश र कोषाध्यक्ष विकास अग्रवाल चुनिएका छन् । समितिको सदस्यहरूमा दिलिप सिंह राजपुत, भरत राजवंशी, निर्मला खड्का, बसन्ती गणेश, मदन ओली, चन्द्रदेव यादव, विष्णुप्रसाद गनगाईं, छत्र पाण्डे र केशव खत्री रहेका छन् ।
नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य तथा चेम्बर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण बिमलीको प्रमुख आतिथ्य र चेम्बर अफ कमर्श प्रदेश १ का उपाध्यक्ष सन्तोषकुमार अग्रवालको विशेष आतिथ्यमा भेला सम्पन्न भएकोथियो ।





























